साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री घरैभित्र म बन्न पाऊँ

त्यहाँ छ मात्रै अवरोध गर्नु कोल्टे परी गन्ध त्यहाँ छ छर्नु नारा लगाएर कता बिताऊँ मन्त्री घरैभित्र म बन्न पाऊँ ॥ त्यहाँ कुनै रूपवती हुँदैनन् अलग्ग बस्छन् कहिल्यै छुँदैनन् पीडा छ यस्तो म कता बताऊँ मन्त्री घरैभित्र म बन्न पाऊँ ॥

Nepal Telecom ad

होम सुवेदी :

गन्धेहरू छन् कति सुँघ्नु मैले
मन्त्री छ साँढे कति रुँग्नु मैले
घाँडो भएँ सांसद मात्र बन्दा
लडाइँ गर्ने पनि छैन धन्दा ॥११॥

कुर्सी र सोफा कति तोड्नु व्यर्थ
जितेर भोटै पनि छैन अर्थ
उँघ्दै म यो जीवन के बिताऊँ
मन्त्री नबन्दै म कता बिलाऊँ ॥२॥

भोले म यो भाकल गर्छु आज
डुबेछ जस्तो हुन गो जहाज
रित्तो लिई हात कता म जाऊँ
मन्त्री हुने काज खटाइपाऊँ ॥३॥

भैंमा परें माथि चढाइदेऊ
र भ्रष्टको मन्त्र पढाइदेऊ
छ सात वा आठ करोडले के
हसुर्न पुग्ला र बढाइदेऊ ॥४॥

भत्ता घरै भित्र पठाइदेऊ
मेरै तिमी ताली ठटाइदेऊ
हिरिक्क ता हुन्न यतै छँदैछिन्
मिल्ने भए यौटी खटाइदेऊ ॥५॥

के बस्नु त्यो संसदमा उँघेर
अपानको वायु सधैं सुँघेर
उँघेर यो जीवन के बिताऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥६॥

त्यहाँ छ मात्रै अवरोध गर्नु
कोल्टे परी गन्ध त्यहाँ छ छर्नु
नारा लगाएर कता बिताऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥७॥

त्यहाँ कुनै रूपवती हुँदैनन्
अलग्ग बस्छन् कहिल्यै छुँदैनन्
पीडा छ यस्तो म कता बताऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥८॥

साथीहरू हुन् छुन पाइँदैन
हेरेर मात्रै त अघाइँदैन
रुखो भयो जीवन के बिताऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥९॥

न मान्नु त्यो रात न वा बिहान
इच्छा सबै बन्छ जहाँ चिहान
पत्नी घरै छोडी कता म जाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१०॥

कतै त्यहाँ भट्टी चलाउँदैनन्
धोकेर पस्नै पनि पाउँदैनन्
धोक्ने छ बानी म कता अघाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥११॥

सुत्ने त्यहाँ छैन कतै व्यवस्था
झन् दुःख लाग्दो छ त्यहाँ अवस्था
कि पाँचतारे तिर जान पाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१२॥

त्यहाँ पस्यो कि मन हुन्छ यस्तो
कि पाँच वर्से वनवास जस्तो
फर्केर कैले घरमा म आऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१३॥

कुर्सीतिरै सुत्नु यसै भएन
सुतेर ता इज्जत नै रहेन
भत्ता सबै त्यो कसरी पचाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१४॥

कि पिट्नु ताली कि त गर्नु गाली
कुरा सधैं गर्नु त्यहाँ छ जाली
प्रभो मलाई म कहाँ बिसाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१५॥

कुर्सी उठाएँ र अनेक तोडें
बोल्ने नबोल्ने सब थोक बोलें
म मात्र तोड्ने कति हो चिताऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१६॥

बुझ्दा नबुझ्दै पनि पर्छ बोल्नु
र भित्रको गोप्य हुँदैन खोल्नु
साँढे हुँदै देश म चर्न जाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१७॥

विरोध मात्रै छ बसेर गर्नु
पिटेर ताली कति घाँस चर्नु
त्यो झूटको गीत कता म गाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१८॥

विपक्षको खाल उतार्नु पर्ने
लिखा र जुम्रा पनि मार्नु पर्ने
प्रभो म यो भार कता उठाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥१९॥

चाहिन्न भो देश र देशवासी
मलाई ता सुन्दर केशराशी
भए पुग्यो बाँकी सबै बिसाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥२०॥

आफन्तमा शून्य छ रोजगारी
चुनाबले बन्न पुगें भिखारी
खल्ती यता नित्य रहन्छ खाली
बजाउने हो कतिसम्म ताली ॥२१॥

साली उतै छिन् र उतै छ सालो
उनी विना लाग्नु कता उकालो
घन्टी विनाको म भएर रालो
के बस्नु हो मात्र कुरेर पालो ॥२२॥

भट्टी विना जीवन भो अँधेरो
मन्त्री हुने चानस छैन मेरो
रुखो छ छाती कसरी भिजाऊँ
मन्त्री घरैभित्र म बन्न पाऊँ ॥२३॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x