
आऊ आज वातावरण दिवस गरौँ
सीमा मिच्नू फाेटाे खिच्नू उताबाट ल्याएर डलर घिच्नू वातावरण दिवस गर्नू ल्याएकाे डलर गाेजीमा हालेर कनिका छर्नू एक दुईवटा बिरुवा राेप्नू अरूले देख्लान् टाेलकाे फाेहाेर छाेप्नू भित्तामा आफ्नाे नाम खाेप्नू ।

हाेम सुवेदी :
एकछिन पाँचतारेबाट बाहिर आएर
वातावरणकाे गीत गाएर
नारा जुलुस लाएर
रमाएर
फाेटाे खिचाएर
एक दुई जनाले प्लास्टिक उठाउनू
केही लाउके जुटाउनू
वातावरणकाे मूल फुटाउनू
किनभने आज वातावरण गर्नु छ
देशमा वातावरण गर्न अघि सर्नु छ
यस कामका लागि कनिका छर्नु छ ।
ठुलाले पछि सर्नू
एक दुई जनाले काम गरेझैँ गर्नू
उताबाट यता सर्नू
देशमा चर्नू
चुरे लडाए पनि
जङ्गल डढाए पनि
वातावरण सडाए पनि
जुलुस लाउन अघि सर्नू
कसैका अघि नडर्नू
किनभने आज वातावरण गर्नु छ
देशमा वातावरण गर्न अघि सर्नु छ
यस कामका लागि कनिका छर्नु छ ।
सीमा मिच्नू
फाेटाे खिच्नू
उताबाट ल्याएर
डलर घिच्नू
वातावरण दिवस गर्नू
ल्याएकाे डलर गाेजीमा हालेर
कनिका छर्नू
एक दुईवटा बिरुवा राेप्नू
अरूले देख्लान् टाेलकाे फाेहाेर छाेप्नू
भित्तामा आफ्नाे नाम खाेप्नू
किनभने आज वातावरण गर्नु छ
देशमा वातावरण गर्न अघि सर्नु छ
यस कामका लागि कनिका छर्नु छ ।
पैराे लडेकाे छिचाेलेर आऊ
डढेलाेबाट जाेगिएर आऊ
नकमाई पाउ
वातावरणशाे आज छ भाउ
टाेलटाेलबाट उठ
बस्तीबस्तीबाट उठ
आजै हाे
आज वातावरण दिवस गरौँ
भाेलिकाे भर नपरौँ
भाेलि ता भाेलि हाे
भाेलिका भर नपरौँ ।
०००
भद्रपुर, झापा
धेरै धन्यवाद फित्कौली ।