साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धान दिवस तथा असार पन्ध्र

असारे गीत बाउसे सित खेलेर जुहारी ,ती साथीसंगी खुसिला सधैं छाेरी र बुहारी धानको बाेट मकैका घाेगा बच्चाले चिन्दैन बर्गर पिज्जा किनेर खान्छ ऊ मकै किन्दैन।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

गलैंचामाथि बिउका मुठा रमिता बरिलै
कसरी फल्ला धनका बाला नेता झैं झरिलै
असार पन्द्र बाजेको पाला भिजेर फाँटमा
छेपेर हिलाे बेठीकाे मेलाे असारे भाकामा ।।

छुपुमा छुपु शब्दका बेर्ना भावना पाेखेर
दही चिउरा के खानु साथी शब्दमा जाेखेर
सुबिधा छैन मल र पानी बाेझिलाे असार
राेपार खाेज बाउसे खाेज बटाराैं कसार ।।

असार पन्ध्र चिउरा दही खाएर मनाए
गमला माथि राेपेर धान संस्कृति जाेगाए
मलिलाे माटो घरले ढाके खेत नै रहेन
विदेशबाट किनेर खान्छन् दुःख नै भएन ।।

आजको छाेराे न हलाे चिन्छ न चिन्छ जुवा नै
म: म: छाेइला चिन्दछ बरा चिन्दैन खुवा नै
अमूल्य हुन्थ्यो हलका गाेरु देखिन्थे फाँटमा
अर्म र पर्म बेठीकाे खुशी छरिन्थे माटामा ।।

असारे गीत बाउसे सित खेलेर जुहारी
,ती साथीसंगी खुसिला सधैं छाेरी र बुहारी
धानको बाेट मकैका घाेगा बच्चाले चिन्दैन
बर्गर पिज्जा किनेर खान्छ ऊ मकै किन्दैन।।

आजको कृषि सजिलो भए मान्छेले गर्दैन
न घाँस काँट्न झन्झट भयो गर्न नै पर्दैन
सम्झिदा पनि अचम्म लाग्ने गर्दछ विज्ञान
मुठीले मुरी फलायाे कस्तो हटाई अज्ञान।।

सञ्जाल भरी तस्बिर छरी यी मान्छे रमाए
अक्षर बेर्ना छरेर म चैं कृषक जनाएँ
शकुनी भन्लान् भन्नेले तर जे देखें लेखी दें
गाउँ र बेशी मनले सम्झी खस्खस मेटिदें ।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x