साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो छ श्रीमतीजीहरूलाई तीजमा

अर्काका श्रीमतीले के खाए के लाए एक एक हिसाब लाइदिनु पर्ने । उटपट्याङ्गे गीतमा जानी नजानी कम्बर भाँचे जस्तो गरेर दिन दिनै सामाजिक सञ्जाल भर छाइदिनु पर्ने ।

Nepal Telecom ad

नारायण भट्टराई :

कहाँ सजिलो छ श्रीमतीजीहरूलाई तीजमा
श्रीमानका लागी व्रत बसिदिनु पर्ने
श्रीमानका लागी मेहन्दी घसिदिनु पर्ने

श्रीमानका लागि,
अरु भन्दा फरक देखिनु पर्ने
आडम्बरीको इतिहासमा आफ्नो नाम
मोटा अक्षरले लेखिनु पर्ने
एउटै साडी जता पनि लर्काएर
खसमको इज्जत खस्किन दिनु भएन
त्यसैले, पार्टी नै पिच्छे नयाँ नयाँ साडीमा देखिनु पर्ने ।

नाच्न गाउन पप गीत पनि चल्छ हट गीत पनि चल्छ
तर, पाइन्ट लगाएर भएन तीजमा
आफूले नजाने के भो र
श्रीमानलाई खेतालो लाएर भए पनि
छिमेकी कहाँ धाएर भए पनि
साडी नै लगाउनु पर्ने ।

श्रीमानको इज्जत कहाँ जान सक्छ
विचारेर हेरिदिनु पर्ने
श्रीमानका लागी अरुका
श्रीमती भन्दा कम देखिनु भएन
त्यसैले, आफ्नो अनुहार
नक्कली नै किन नहुन
सुनै सुनका गहनाले
टाउको र घाँटी छोपिने गरी घेरी दिनु पर्ने ।

श्रीमानको आयु लामो बनाइदिनु पर्ने
त्यसैले महिना दिन सम्म तीज मनाइदिनुपर्ने
श्रीमानको दीर्घायुको कामना गर्दै
सुखद दाम्पत्य जीवनको कामना गर्दै
वाइनको चुस्की लाइदिनु पर्ने
चोखो चिकेन छोइला सहितको
बफेट डिनर खाइदिनु पर्ने

आफूले मात्र गरेर कहाँ पुग्थ्यो
अर्काका श्रीमतीले के खाए के लाए
एक एक हिसाब लाइदिनु पर्ने ।
उटपट्याङ्गे गीतमा जानी नजानी
कम्बर भाँचे जस्तो गरेर
दिन दिनै सामाजिक सञ्जाल भर छाइदिनु पर्ने ।
श्रीमानलाई ड्राइभर बनाएर महिना दिन सम्म
देखे, सुनेका, भ्याए सम्म सबै
नछुटाइ, तीज पार्टीमा धाइदिनुपर्ने ।

०००
इलाम, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x