निशा केसीदुई ठोक्तक
१.
नचाहिँदो कुरामा शङ्का छड्काउनेलाई
सोझो मन दायाँ बायाँ भड्काउनेलाई
कस्ले दिन सक्छ जिन्दगी भरको साथ
जानी जानी घरमा बारुद पड्काउनेलाई ।
२.
तिमीले त अचेल जासुसी गर्न थालेका रैछौ
मोटा मोटा कुकुर कुकुर्नी पनि पालेका रैछौ
आफूलाई खूब सुरक्षित ठान्छौ रे, होशियार
सिसमहलमा बसी बाहिर ढुङ्गा फालेका रैछौ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































