साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो कुण्डलीमा राहू

Nepal Telecom ad

किन हाम्रो कुण्डलीमा राहू मात्र हुन्छ ?
आफ्नै चल्ला नास्ता गर्ने माउ मात्र हुन्छ

एकचोटी छामिहेर हरेक मान्छेलाई
हृदयमा असीमित घाउ मात्र हुन्छ

कसलाई तिमी सज्जन भन्छौ अनि आफ्नू मान्छे ?
हरेक दुष्ट शकुनीको बाउ मात्र हुन्छ

भस्मासुर धुन्धुकारी पुगे शीर्षतिर
जो पुगे नि मुलुकलाई साहु मात्र हुन्छ

छैनन् यहाँ बोटेहरु तरिन्न यो भेल
हाम्रो लागि जैले पनि नाउ मात्र हुन्छ

पसिहेरौं हृदयमा हरेक मनीषिको
फगत् आफ्नै भूँडी भर्ने दाउ मात्र हुन्छ

पुगेहुन्थ्यो शिखरमा इमान र धर्म
नाम्चेबाट उँभो लाग्ने भाउ मात्र हुन्छ ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x