पुरूषाेत्तम सिग्देलभो भो नहेर !
भो पुग्यो नहेर दिल मात्र दुख्छ
जिन्दगी हेरेर दिल मात्र दुख्छ
के हेर्नु बेकारमा यो देशको नक्सा
खिएको देखेर दिल मात्र दुख्छ
जानेलाई सम्झेर के हुन्छ अरु ?
आँसु जाला खेर, दिल मात्र दुख्छ
यो देशमा जागीर बिक्रिमा हुन्छ
के गर्नु पढेर दिल मात्र दुख्छ
दिल हुने मान्छेले नखोज्नु देउता
मन्दिरमा पुगेर दिल मात्र दुख्छ
पुराना तस्बीर पुराना याद
नझिक भो झिकेर दिल मात्र दुख्छ
Subscribe
Login
0 Comments
Oldest




































