साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगैंचामा आगो

Nepal Telecom ad

प्रेमका फूल फुल्दै थिए डालीहरूबाट
बगैंचा त्यही आगो लागे मालीहरूबाट

स्कुल बाटो धारा बिद्युत बनाउने बजेट
खाएर नि बगाइसके नालीहरूबाट

भगवानका मन्दिर र जेलहरू भन्दा
स्कुल बनाउ बरु खेतका आलीहरूबाट

चेतनाको बिगुल नै फुक्नुपर्छ गाउँमा
कोठीसम्म पुग्लिन् चेली दलालीहरूबाट

शहीदका सपनाहरू तुहिने नै भए
हुतिहारा शासकका बहालीहरूबाट ।

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x