साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी

Nepal Telecom ad

१.
पुर्खाले आर्जेको
भोगचलन गरिरहेको
हड्डी घोटेर छर्कँदै– जोगाएको
लालपुर्जा भएको
सिमानाको जमिन,
सीमास्तम्भ,
हराउँदै आएका छन्
र यो निरन्तर छ
उहिल्यैदेखि
अहिलेसम्म
चलिरहेछ र चलिरहेछ ।
त्यसो त ऊ ठूलो छ
शक्तिशाली छ
ऊ आफूलाई ‘सभ्य पनि छु’– भन्छ
तर हाम्रो मन मान्दैन
भन्नुहोस् त !
छिमेकीको सिरिखुरी पार्नेलाई
सभ्य भन्छन् र ?

२. 
चिमोट्न र चिथोर्न
कति सकसकाएका उसका हात र मनहरू
अतिक्रमण गर्न उस्तै छन्
उसका लागि दिन र रातहरू
भन ए ! छिमेकी
तिमीले हाम्रो भूमि चोरेको दृश्य
के त्यहाँ गाडिएका रुख पातले पनि देखेनन् ?
सत्य कुरा त्यहाँको आकाश र जुन– ताराहरूले देखेनन् ?

३. 
कहिले लाल किल्लाबाट
माइक जोडेर ऊ कराउँछ–
‘छिमेकीका लागि हामी असल छौं’– भनेर
कहिले नक्कली मन भएका सदभाव मण्डल
काठमाडौं आएर बताउँछ
‘हामी तपाईंहरूको उन्नति चाहन्छौं’– भनेर
तर पशुपति र मानेभञ्याङका घाइते मनहरूलाई सोध
काकरभिट्टाको मेची पुल हेर
महेशपुर र पाठामारीमा हामीलाई भेट
सुस्ता, कालापानी र टिङ्करमा गएर
तिमी आफै
तिम्रा ताण्डव नाचहरूको ऐनामा तिम्रो अनुहार हेर
के तिमीलाई कुरूप छु जस्तै लाग्दैन ?
सुनेको त छु र होला पनि
–कुरूपहरूलाई
कुरूपै राम्रो लाग्छ रे
शायद त्यसैले तिमीलाई
अर्काको भूगोल मिच्न
रहर लाग्छ
आफ्नो अनुहार
कुरूप बनाउन रहर लाग्छ
ए ! भारतीय दाइ भन त ! हैन भने
किन तिमीलाई हाम्रो जमिन मिच्न औधी रहर लाग्छ ?
किन यो निरन्तर छ ?

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x