साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिलेसम्म ऊ फर्केन

दुस्मनहरूको तथानामसम्म भएर फर्केन बाबु-आमाको राम भएर पनि फर्केन कुन्नि सँगै हिँडेकाहरू अहिलेका नेताहरूलाई थाहा छ कि छैन ? अहिलेसम्म ऊ फर्केन ।

Nepal Telecom ad

लीला उदासी :

कौतूहलपूणर् र गम्भीर अनुहार
साथीहरूसँग धेरै मिल्ने
निर्धा र निमुखासँग गल्ने
यस्तो हुलिया भएको मेरो एउटा साथी
– अठ्ठाइस सालमा हिँडेको थियो
अँहँ ! ऊ अहिलेसम्म फर्केन ।
सँगै हिँडेकाहरू अरू त फर्के
कोही शहीदको नाम लिएर फर्के
कोही शहीदको दाम लिएर फर्के
कोही शहीद हुन हिँडेकाहरू शहीद बनाउने भएर फर्के
कोही सिंहदरबारमा फर्के
कोही दरबारै लिएर फर्के
तरबारै लिएर पनि फर्के
नाड्गै पनि दुर्गा अधिकारी र भीष्म धिमालहरू फर्के
तर त्यो साथी अझै फर्केन ।
उसको नाम
दुस्मनका काला किताबहरूमा
ठूलो अक्षरले लेखिएको थियो
हिँडेको बेलामा
उसका मुहारभरि
धपक्क बलेको रातो रड्ग देखिएको थियो
भद्रपुर, गारामनी र प्रवासमा
जताततै उसको माया पोतिएको थियो
ऊ खुसी थियो
नाच्दै, उफ्रँदै, मुक्तिको गीत गाउँदै हिँडेको थियो ।
तैपनि
ऊ हाँस्दै -हाँस्दै जाँदै थियो
यस्तैमा उ हरायो
कुन्नि ! मेरो साथी के भयो ?
अहिलेसम्म फर्केको छैन
ऊ अठ्ठाइस सालमा हिँडेको थियो
आजि,
सँगै हिँडेकाहरू कोही सिंहदरबारमा छन्
कोही वल्खूमा छन्
कोही मल्खूमा पल्केका छन्
कोही दुस्मनको खोपीमा सल्केका छन्
कोही आफै दरबारमा कैद छन्
अकूत आर्जनको थुप्रोमा बसेर
दुश्मनहरूको मतोमा पसेर
दर्शनमा अझै उनै वैध छन्
आफ्नै दरबारमा व्यस्त छन्
कठै ! विचरालाई कहाँ फुर्सद छ र ?
पुण्य शर्मा फर्के- नफर्केको उनलाई थाहा छ र ?
तर हो
अठ्ठाइस सालमा झापाबाट हिँडेको ऊ
दरबारमा हैन झुपडीमा पनि फर्केन
सँगै हिँडेका महलका नेताहरूको कुनै दाम भएर पनि फर्केन
दुस्मनहरूको तथानामसम्म भएर
फर्केन
बाबु-आमाको राम भएर पनि फर्केन
कुन्नि सँगै हिँडेकाहरू
अहिलेका नेताहरूलाई थाहा छ कि छैन ?
अहिलेसम्म
ऊ फर्केन ।

०००
चन्द्रगडी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x