साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसकिने भो बा !!

सातवटा हिन्दी गीत सुनाएर जोर नक्कली पवनसुत लागे सुकर्म टोलतिर, सुकरात गुरु भेट्न, योजना कमलपोखरी र सुविधानगरको पनि ।

Nepal Telecom ad

धनराज गिरी :

“जय श्रीराम !!”
चट्याङ्ग परेजस्तो शैलीमा, धार्मिक सिरियललाई च्यालेन्ज गर्ने गरी कलङ्गीको एउटा मकानको छतमा गगन मार्ग भएर ‘जोर पन्जाबी’ जस्ता लाग्ने पात्रहरू अवतरण गरे, दिन, माघ एक गते । घरपति ‘गुणरत्नमाला’ लिएर पढ्नमा व्यस्त थिए । नजीकै ‘केन्द्र र परिधि’ किताब, अलि पर ‘पार्टी खोल्ने धूनमा र अनन्त पाइला’ लेखक हुन नसके पनि घरपति, मूली, राम्रो पाठक । भर्खर पशुपति मन्दिर पुगी नारायणहिटी एक चक्कर लगाएर पृथ्वीनारायण शाहको शालिकलाई नमन गरि फर्केका प्रतापनारायण विवेकी अलमल्ल, झलमल्ल घाम लागे पनि, केही मेसो पाएनन् ।

“जय श्रीराम !!” फेरि उही शैली । यस्सो हेरेको ‘जोर दारा सिंह !’ प्रवीणकुमार पाजीको दाजी, महाभारत सिरियलका । “के आइलाग्यो यो भाउँतो ! उता त्यो जोगीको ओइरो, पढेर भ्याइने होइन, आज फेरि अर्को चमत्कार ! यी जोर बजरङ्गबली, मकरध्वजका पिता, हुन त चिरञ्जीवी भनेको हो शास्त्रले, म पनि धार्मिक नै छु, श्रीरघुनाथ प्रभुको कृपा भयो कि त ? अवतार मान्ने नै मान्छे म ! काकाको कृपा पो हो कि ? के हो के हो ?” अनेक सोचे विवेकीले ।

“सपनामा आएर त्यो जोगीले के के भनेको थियो, पूरा हुने हो ?” आफैंसित ।
“जयश्री राम, हे हाम्रा कलियुगे नायक, हे प्रमिथस, हे मर्यादा पुरुषोत्तम दाहाल, घटना र विचारका मित्र, हे एस पी गुप्ताका अर्जुन, हे इमाननारायण, हे पहेँलो गुलाब, हामीलाई चिन्नुभएन ?” जोर अवाज । मिमिक्री, नबुझिने ।
—-
बोले विवेकी, “हे जोर हनुमानजी, मेरो अनुमानजी, होइन यो के लीला हो ? यो कलियुगमा पनि कताको जयश्री राम !! अब त जयश्री दाम ! रामको छैन काम, बरु शक्तिशाली प्रचण्ड बाबुराम, बेलगाम, सधैं चक्काजाम, को हो हजुरहरू ? कसरी आउनुभयो ? किन आउनुभयो ? मन्दिरहरूको लागि आसको आसमा हो कि ? यो नाटकको प्रयोजन के हो ? हनुमानजीको ‘क्लोनिङ्ग’ हो र भन्या ! हरिशरणम् ! राम, राम, राम ! अफगानिस्तान पुगेर पनि यस्तो देखेको होइन क्या ! हनुमान चालीसा घोकेको असर हो त ? सीतापतिलाई स्नेह गरेको फल हो त यो ? सक्कली रूपमा प्रकट हुनुपर्‍यो । कताको जयश्री राम, लौरो र घण्टीको काम ! लौ त दारा सिंहजीहरू, म बी आर चौपडा होइन, बरु जयश्री हनुमान !” बिजुली चम्कियो । झरी पर्‍र्यो । मेघ गर्जियो । चमत्कार, विवेकीको सामुन्नेमा उनै आफ्नै अजीज अनुजहरू,रामतिलक लगाएर, रत्ननगरका जोर रत्न, खडा !”

“नसकिने भो बा, नसकिने भो ! यो लीला, यो धर्म, यो तेज, यो नरेन्द्र, यी सबै नाटक यो जोगीकै हुनुपर्छ ! हे जीवनाथनन्दन, यो परशुराम शिष्यको अनुयायी बनेर यो अभिनय गर्ने ? म सोझोलाई उल्लू बनाउने ? हा हा हा, नसकिने भो बा ! शेष कुरा पछि गर्ने ! भोक लाग्यो, खाना नखाई जान पाइन्न ।” परमादेश पूर्व हाकिमको ।

“सरजी, भोर अनुमान, हामी जोर हनुमान, हे हे हे !” कान्छो बोल्यो ।
“थप्पड दिन्छु अब, यो जोगीलाई खुरुक्क क्याम्पसमा लगेर जोताउने व्यवस्था मिलाउनू त शकुन्तलाका पिताजी !”
“हुन्छ सर ! हजुरको एकदम राम्रो, अब रङ्गीन टी भी, ब्ल्याक एन्ड व्हाइट बीबी ! जयश्री राम !!”
“फेरि जयश्री राम !! नसकिने भो बा !” भान्सा तैयार, तीन यार, प्यार ही प्यार !

“भाभीश्री, प्रणाम !”
“देवर बाबू, आज त हिन्दी गीत सुन्ने हो !” गृहमन्त्रीको परमादेश, विवेकीकी आफ्नी । सातवटा हिन्दी गीत सुनाएर जोर नक्कली पवनसुत लागे सुकर्म टोलतिर, सुकरात गुरु भेट्न, योजना कमलपोखरी र सुविधानगरको पनि । दाजी, जयश्री राम !”
“भाइको योजना सफल भयो !” मोतीराम मुसुक्क ।

०००
सौराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x