साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टमाटर, महँगी र हामी

यो चिन्ता मूल्यको हैन चिन्ता हो परनिर्भर भोलि खै कसरी धान्ला रेमीले देशको भर । त्यसैले दीर्घकालीन सोच राखेर बढ्नु छ आकाशे महँगीलाई थला पारेर गोद्नु छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

टमाटर महँगो भो के अचम्मै भयो यहाँ
यहाँ बाँकी थियो के र यो नौलो मानियो यहाँ ।
कहिले प्याजको भाउ चर्को आकाश चुम्दछ
महँगो गोलभेँडा भो टाउको फन्न घुम्दछ ।

पाइन्न भन्दछन् कोही चर्को भाउ भने कतै
आज चर्चा यसैको छ गाउँ सञ्जालमा जतै ।
उस्तै पीडा यता बोकि पोखिन्छु कविताभरि
परनिर्भरता कस्तो हामी नाङ्गै भएसरि ।

साग मुला कुटी सिन्की आमाले घरमा बसी
हिउँदे याम पारेर राख्नु हुन्थ्यो मुठी कसी ।
चाना पारी सुकाएका काँक्रा फर्सी रआँपका
गोलभेँडा तथा साग कुभिन्डो धेर जातका ।

पाकेको चुक पाइन्थ्यो अमिलो क्या मिठो हुने
एक थोपा भए काफी धेरै पो किन चाहिने ।
कागती अमिलो ताजा बोटका टिपी खाइने
इष्टमित्र कयौंलाई सित्तैमा लान हो दिने ।

सिन्की चाना सुकाएका पाइन्नन् खै यतातिर
पुराना प्रविधि त्यागी लाग्दै छौँ खै कतातिर
विलासी मोजका वस्तु गर्दै आयात देशमा
कङ्गाली बन्न आत्तिन्छौँ हाम्रो माया विदेशमा ।

अहिले फुर्सदै छैन सिन्की चाना बनाउने
नेट सञ्चारमा व्यस्त अचार किन्न पाइने ।
यसो फुर्सद पाएमा भिडियोमा भिडे भयो
टिकटक चलाएर समय व्यर्थमा गयो ।

कामकाजी बनेका छन् घर छोडी बजारमा
आम्दानी रुपियाँ हुन्छ सयौं हैन हजारमा
तैपनि गोलभेँडाले ताली पाउन्न खै किन
आउला कहिले फर्की हाम्रा कि कहिल्यै दिन ।

यो चिन्ता मूल्यको हैन चिन्ता हो परनिर्भर
भोलि खै कसरी धान्ला रेमीले देशको भर ।
त्यसैले दीर्घकालीन सोच राखेर बढ्नु छ
आकाशे महँगीलाई थला पारेर गोद्नु छ ।

०००
भरतपुर- ५, चितवन
हाल – बैजनाथ- १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x