साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरवार

सिंहदरवारले तालिम दिन्छ सिकाउँछ “जे गर्छौ — त्यो नभन जे भन्छौ — त्यो नगर ।” यसरी तालिम लिएकाहरू ढुक्क भएर बसेका छन् र त्यसै गर्छन् सिंहदरवारमा ।

Nepal Telecom ad

घर, महल र दरबार
जे भने पनि हुन्छ
घर भित्र मन हुन्छ
रहर पनि हुन्छ
सहर पनि हुन्छ
हो,
मान्छेको घरभित्र
खुसीको लहरै लहर हुन्छ ।

तर
एउटा घर छ
घर अलिक ठूलो छ
मान्छे त्यसलाई दरबार भन्छन्
घरभित्र सहर छैन
बाहिर चारैतिर सहर छ
यो राजधानीमा छ
र यसलाई सिंहदरवार भन्छन् ।

सिंहदरवार
धुमधुमती बसेको छ
लाग्छ,
ऊ बल्छी बोकेर
अल्छी पाराले बसेको छ
मान्छेहरू बर्को ओढेर
लर्को लागेर पसिरहेछन्
जो पसे
गजधम्म भएर बसेका छन्
पसेकाहरू निस्कँदैनन्
बसेकाहरू उठ्दैनन्
विचित्र छ सिंहदरवार
त्यहाँ पसेको मान्छे
आफै सिंहदरवार जस्तै भएको छ
जो पस्यो
आफै सिंहदरवार भएर बसेको छ
जो पस्यो
ऊ दरबारै दरबार भएको छ
सिंहदरवारमा उ फसेको छ ।

अलिक ठूलो जिज्ञासा छ
के हुन्छ ? सिंहदरवारमा
किन त्यहाँ पसेपछि
मान्छे त्यहीँ बसेको छ ?
निस्कँदैन किन ?
लाग्छ
उत्तर त सजिलो छैन
तर सबैले बुझेको छ
सबैले जानेको छ
सिंहदरवारलाई सबैले चिनेको छ ।

के छ सिंहदरवारमा ?
के छैन सिंहदरवारमा ?
कमिशनतन्त्रको सुन्दर बजार छ
होलसेलमा कारोबार हुन्छ
भ्रष्टाचारको विरोधको सुन्दर छाना छ
त्यसको मुनि
भ्रष्टाचारको नगर छ
सिंहदरवार भित्रै बगर छ
वन, जङ्गल छ
धेरै मङ्गल छ
फगत मन छैन
र निमुखाहरूलाई सास्ती छ
अरु केही छैन ।

भित्र पस्नेलाई
मझेरीमा गजधम्म बस्नेलाई
सिंहदरवारले तालिम दिन्छ
सिकाउँछ
“जे गर्छौ — त्यो नभन
जे भन्छौ — त्यो नगर ।”

यसरी तालिम लिएकाहरू
ढुक्क भएर बसेका छन्
र त्यसै गर्छन्
सिंहदरवारमा ।

०००
भर्खरै प्रकाशित ‘मेरो लिम्पियाधुरा’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x