साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम कट्टेलको ‘जीवनका मोडहरू’ विमोचित

डिल्लीराम कट्टेलको स्मृतिमा स्थापना गरिएको “डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठान” को आयोजनामा धुलाबारीको अतिथि सदनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

धुलाबारी, झापा २०७९ चैत्र ७ । नेपाली काङ्ग्रेसका नेता तथा कथाकार राम कट्टेलको दोस्रो कृति ‘जीवनका मोडहरू’ (कविता संग्रह)को एक भव्य कार्यक्रमका बिच लोकार्पण भएको छ ।

डिल्लीराम कट्टेलको स्मृतिमा स्थापना गरिएको “डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठान” को आयोजनामा धुलाबारीको अतिथि सदनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यसअघि उनको कथा सङ्ग्रह ‘सम्बन्ध’ २०७१ सालमा नै प्रकाशित भएको थियो । राम कट्टेल विशेष रुपमा राजनीतिक तथा सामाजिक व्यक्तित्व हुन् तथापि उनी समय उबारेर साहित्यको सिर्जना पनि गर्छन् ।

डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठानका अध्यक्ष स्वयं कवि रहेका हुँदा कार्यक्रमको अध्यक्षता पनि कवि राम कट्टेलले नै गरेका थिए भने नेपाली काङ्ग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिहरूमा प्रदेश सांसद गोपाल तामाङ, पत्रकार चन्द्र भण्डारी, साहित्यकार पुन्यप्रसाद खरेल रहेका थिए भने अतिथिहरूमा राजन गिरी, इन्द्रबहादुर बुढाथोकी, परशुराम तिम्सिना, जय आचार्य, विनोद खनाल, रामचन्द्र उप्रेती, शिवकुमार पौडेल रहेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष राम कट्टेलले स्वागत मन्तव्य पनि राखेपछि कृति विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा साहित्यकार विनोद खनालले गरेका थिए भने चन्द्र भण्डारी, गोपाल तामाङ, शिव कुमार पौडेल र पुन्यप्रसाद खरेलले शुभकामना मन्तव्य प्रस्तुत गरे ।

प्रमुख अतिथि विश्व प्रकाश शर्माले “राजनीतिभन्दा साहित्य समाजमा लामो समयसम्म बाँच्छ भन्दै राजनीति गर्नेहरूले पनि साहित्य रचना गर्न सके समाज र राष्ट्रलाई ठूलो योगदान हुने” बताए ।

कार्यक्रमको सञ्चालन बिपी चिन्तन प्रतिष्ठान चन्द्रगढीका सचिव देवेन्द्र गौतमले गरेका हुन् ।

०००
– झापाबाट विनोद खनाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x