साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्काउनेहरू

सावधान ! मलाई नभत्काऊ मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काऊ मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काऊ हाम्रा आँखा नभत्काऊ हाम्रो कथा र इतिहास नभत्काऊ हामीलाई नभत्काऊ ।

Nepal Telecom ad

उनीहरू,
नियतमा खोटै खोट
र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर
केही गर्न
तयारीमा देखिन्छन्
सकृय छन्
र अहिले त भत्काउँदैछन्
घर, रहर, जीवन र मन
भत्काइ रहेछन्
धुलो, माटो र वन
र उनीहरूलाई मज्जा भइरहेछ
हँसिला भकाए छन्
कुरूप भए पनि
उनीहरू आफैलाई आफू सुन्दर सुन्दर लागेको छ ।
घर भत्काउनेहरू
फगत घर भत्काउँदैनन्
मन भत्काउँछन्
आस्था भत्काउँछन्
विश्वास भत्काउँछन्
मान्छेको ओत भत्काउँछन्
सियाँल भत्काउँछन्
निन्द्रा भत्काउँछन्
मान्छेको भोक भत्काउँछन्
र शोक फलाउँछन्
हो, उनीहरू
घर सँगै मान्छे भत्काइ रहेछन्
मान्छेसँग आफै भत्किई सकेपछि
के बाँकी रहन्छ र ?
सिर्जनाको नारा लगाउने उनीहरूले
ध्वंसको तोप पड्काएपछि
झूट, धोका र अविश्वासको खेती गर्नेले
सद् विचारको माला लगाएपछि
लाग्छ, मुलुकमा कार्टुनको उद्योग खुलेको छ
खूबै फस्टाएको छ उद्योग
मूल्य घटेको छ, कार्टुन र प्रहसनको
मूल्य घटेको छ
आस्था र प्रचलनको
मूल्य घटेको छ
मान्यता र सम्मानको
मूल्य घटेको छ
इमान र नीतिको ।
मैले त
उनको अनुहार पनि राम्रो देखेको छैन
बानी पनि राम्रो देखेको छैन
उनले पिउने पानी पनि राम्रो देखेको छैन
नियतमा त
बाहिर पनि
भित्र पनि
खोटै खोटको चाङ् छ
उपहार दिन
चोटै चोटको भण्डार छ
तिनलाई
के मन पर्‍यो उनको ?
यसरी हत्ते गरेका छन्
थाहा, छैन
उनीहरू किन कसको फेला परेका छन् ?
हो,
भत्काउन रहर गर्नेहरू
घर भत्काउँछन्
रहर भत्काउँछन्
मन भत्काउँछन्
जीवन भत्काउँछन्
भत्काउन मज्जा पाउछन्
ढाडे मन भाकाहरूलाई के थाहा ?
जे भत्काएका छन्
त्यो कसले बनाएको हो ?
त्यसैले त उनलाई भत्काउन स्वाद लाग्छ
उनलाई भत्काउन रहर लाग्छ
र उनीहरू भत्काइ रहेछन्
सिर्जना भत्काइ रहेछन्
बिरुवा भत्काइ रहेछन्
अँखा र मन भत्काइ रहेछन्
समय भत्काइरहेछन्
इतिहास भत्काइरहेछन्
वर्तमान भत्काइ रहेछन् ।
मलाइ मेरो समय प्यारो लाग्छ
बचपन युवा र प्रौढ बनेको मेरो जीवन प्यारो लाग्छ
मेरो माटो पनि र धूलो प्यारो लाग्छ
आफैलाई बेचेर संभ्रान्त हुनुभन्दा
मलाइ मेरो गरिबी प्यारो लाग्छ
त्यसैले
सावधान ! मलाई नभत्काऊ
मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काऊ
मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काऊ
हाम्रा आँखा नभत्काऊ
हाम्रो कथा र इतिहास नभत्काऊ
हामीलाई नभत्काऊ ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x