सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाकाको मस्तिष्क स्फुर्तिमा भिटामिन !

तथ्यगत, वैज्ञानिक बिचार नबोकेका विभिन्न उमेरसमुहका मानिस त्यस्तो अप्रमाणिक कुराको प्रचारमा होमिएर समय, स्रोतमात्र व्यर्थ खर्च गरिरहेका छैनन् आफ्नै शरीर पनि बिगारी रहेछन् ।

Nepal Telecom ad

मानिसको भौतिक विकाससँगै नयाँनयाँ लक्षणसहित केही असामान्य शारीरिक अवस्था सिर्जना भए । औषधि विज्ञानमा काम गरिरहेकालाई कुतुहल भएकाले विभिन्न अनुसन्धान सुरु गरे । सन १९०५ मा कोर्निलिएसले जन्तुको आहारमा शुद्ध प्रोटिन, कार्बोहाइड्रेट्स, चिल्लो, लवण र पानी सँगसँगै अलिकति दुध ख्वाएमा मज्जाले सप्लाउने गर्छ । उनको ठम्याई थियो कि सामान्य शारीरिक बृद्धि र मर्मतका लागि दुधमा कुनै आजसम्म पत्तो नलागेको साह्रै थोरै भए पनि काम लाग्ने वस्तु हुनैपर्छ । सन १९११ मा क्यासीमिरले चामलको जलप ढुटोबाट सन्तृप्त पदार्थ निकाले र परेवाको स्नायु प्रणाली बिग्रिएको निको पारे । त्यस सन्तृप्त वस्तुलाई जीवनको आधारभूत वस्तुको रुपमा ‘भिटामिन’ भनियो, सन १९१३ मा दुई समुह वर्गीकरण गरेर चिल्लोमा घुलन हुने र नहुने भनियो । पहिला एउटै भिटामिन भनिए पनि आँखा रोग हुन नदिने र भएमा फाइदा पुर्‍याउनेलाई भिटामिन ए, धनुष्टङ्कार र हाड बाङ्गिने रोग लाग्न नदिने र भएमा घटाउने काममा लाग्नेलाई भिटामिन डि भनियो । पानीमा घुलनशील भनिएको र विशेषगरी छाला सम्बन्धी रोग स्कर्भी निको गर्ने सन्तृप्त पदार्थलाई भिटामिन सि भनि १९२८ मा पहिचान गरियो । यस सन्दर्भमा पाका मान्छेलाई किन विभिन्न भिटामिनका समिश्रण ‘मल्टीभिटामिन’ नियमित सेवन पर्दछ भन्ने चर्चा गरौँ ।

के मिश्रित भिटामिन आवश्यक छ ?
गत वर्ष हार्वाड स्वास्थ्य प्रकाशनका बरिष्ट सम्पादक डा. रबर्ट स्मेरलिँग अनुसन्धानपछि भन्छन् पाका मान्छेको मस्तिष्क सहित स्वस्थ्य रहन मिश्रित भिटामिन नियमित सेवन गर्न आवश्यक छ । यसो गर्नाले पाका र अतिपाका मान्छेमा स्मरण शक्ति कायम रहने र उमेरजन्य बिर्सने समस्या पनि घट्न सक्छ । आजकाल लाखौँ मानिसहरू विभिन्न कमजोरी र रोगव्याधमा बचावटका लागि पनि थप खुराकको रुपमा भिटामिन नियमित सेवन गर्छन् । कतिपयले त खासै समस्या नभए पनि नियमित खानामा आवश्यक तत्वहरू अभाव हुनसक्छ भनेर पनि नियमित दैनिक वा हप्तामा एक पटक भिटामिनहरू भएका औषधि चक्की वा झोल खाने गर्छन् । कतिजना भने रोग नलागोस्, लाग्न लागे पनि पर सरोस्, आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो होस्, मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन र भित्री जैविक प्रणाली नियमित नियन्त्रण रहिरहन्छ भनेर पनि भिटामिन लिने गर्छन् । हुन त, धेरैले आफूखुसी विभिन्न स्वास्थ्य सम्बन्धी विज्ञापन र नातेदारका सल्लाहमा फाइदा पुग्छ भनेर त्यसो गरेको पाइन्छ र केहीले मात्र प्रामाणिक विज्ञको नापजाँचपछि आवश्यक मात्राको भिटामिन सेवन गरेको देखिन्छ ।

भिटामिन प्रयोग बारेमा पश्चिमाहरूमा अझ बढी निर्भरता बढेको पाइएकाले उनीहरू वास्तविकता पहिचानमा अझ बढी उत्सुक रहेको देखिन्छ । बजारमा उपलब्ध विभिन्न नाम र कामका भनि प्रचारित भिटामिनका वास्तविक स्वास्थ्य लाभबारेमा गरिएको अनुसन्धानले मिश्रित परिणाम प्रष्ट्याएको छ । अमेरिकी बचावटसेवा कार्यदलले गतवर्ष करिब ९० वटा जति बढी प्रचारित भिटामिन र थप खुराक भनिएका औषधिहरूमा गरिएको अनुसन्धानले नतिजा भनिए जसरी नआएको जनाएको छ । ती छनौटमा परेका बजारमा पाइने भिटामिनहरूले खुराकमा चाहिने पोषण र भिटामिनको कमी पुर्ताल गर्न नसकेको, छाती सम्बन्धी रोग उपचारमा सहायक नभएको, अबुर्द रोग उपचारमा थप केही सहयोग नगरेको पाइयो र आकस्मिक वा रोगबाट हुने अल्पायु मृत्युमा कमी ल्याएको कुनै प्रमाण नभेटिएको जनाएको छ ।

अहिलेसम्म पत्तो लागेका भिटामिनका विभिन्न प्रकारको समिश्रणको भिन्नभिन्न परिमाणको मिश्रणसहितको थप अतिरिक्त खुराकको सेवनको अनुसन्धान भएमा केही सकारात्मक नतिजा आउँथ्यो होला ? हो, उपयुक्त जाँचपड्तालपछि देखिएको समस्या र त्यस समस्यालाई निराकरण गर्ने खानामा पोषक वस्तुको अभाव खुट्याएर दिइने मिश्रित भिटामिन र अतिरिक्त खुराकले सकारात्मक असर गरी समस्या समाधान गरेको पाइन्छ । यस्तो गरिँदा चाहिँ मान्छेका संस्मरण र उचित मस्तिष्क सकृयतामा अनुभव गर्न सकिने प्रत्यक्ष असर भेटिएकाले पाका मान्छेमा पनि राम्रो प्रभाव पर्छ भन्न सकिन्छ । के संस्मरण र विस्मृतिमा जान लागेका वा लक्षण देखाउन लागेका पाका मान्छेमा त्यो तहको जाँचपछि दिइने खुराक र भिटामिनले काम गर्ला त ?

वास्तवमा मानिसको मस्तिष्क स्वास्थ्यलाई गुणात्मक बृद्धि गर्नेतर्फ औषध विज्ञानमा खोज सिमितनै छ । बरु शारीरिक प्रणालीमा गरिने अरु खालका सुधारले अप्रत्यक्ष रुपमा मस्तिष्कलाई प्रभाव पारेर दिमाग स्वस्थ्य बनाउन मद्दत पुगेको देखिन्छ । जस्तोः नियमित व्यायाम, चाहिँदो शारीरिक तौल कायम, मुटुलाई नबिगार्ने खानपानले मुटु, फोक्सो र कलेजोलाई स्वस्थ्य बनाई राखेमा विभिन्न किसिमका घातबाट जोगिएर केही खालका विस्मृति घटाउन सकिने देखिएको छ । यस्ता केही सामान्य लाग्ने तर महत्वपूणर् बाह्य कामबाट मस्तिष्कलाई स्फूर्तिलो बनाउन त सकिएला । बजारमा विज्ञापन गरिएजस्तो चमत्कारिक दिमाग बनाउने कुनै औषधि, थप खुराक अथवा मस्तिष्क चिकित्सा प्रणाली भने अझै विकसित भएको छैन ।

चिकित्सा क्षेत्रका अनुसन्धाताहरू कुनै खानेकुरा अथवा अतिरिक्त खुराकबाट मस्तिष्कमा प्रभावकारी असर हुने हुन्छ कि भनि अहोरात्र लागेका छन् । अल्ज्हाइमर र उन्माद बारेमा भर्खरैजसो गरिएको अध्ययनले २२०० जना पाका मान्छेका अनुभव सँगालेको छ । यस अध्ययनमा ६५ वर्ष र माथिका पाका मान्छेमा कोकोआ र ल्पासेबो भनिने थप खुराक भनिएको पोषण भनिने औषधि र एउटा बहुमिश्रित भिटामिनको मात्रा तीन वर्षसम्म ख्वाइयो । ती थपखुराक भनिने एउटा वा दुबैको प्रयोग भिटामिन सहित र रहित फरकफरक मान्छेमा गरिएर अलग वा संयुक्त मिश्रण कुन मात्रा र वस्तुबाट असर छ भनेर पनि हेरियो । यस परीक्षणमा छानिएको सेन्ट्र्रम सिल्भर भनिने भिटामिनमा खनिज तत्व र अरु पोषण विभिन्न मात्रामा २७ थरीका भिटामिनको मिश्रण रहेको छ ।

तीन वर्षपछि सेवनकर्तामा ती खुराक र भिटामिनका असर विश्लेषण गर्दा मस्तिष्क क्षमता र गतिविधिमा कोकोआ नामको थपखुराक लिनेमा कुनै फरक पाइएन । बरु मिश्रित भिटामिन नियमित सेवन गर्ने पाका मान्छेमा तपशीलका स्नायु र मस्तिष्कका समस्यामा प्रगति देखियो । छाती र भित्र्याँसमा समस्या भएकाहरूमा भिटामिनले मस्तिष्कको सोलोडोलो कामकार्वाहीमा प्रगति पाइयो । उन्माद समस्या पनि भएकामा स्मरण शक्तिमा बृद्धि र कम बिर्सेको पाइयो । सकारात्मक प्रभावको रुपमा कार्यकारी कामहरू जस्तो पूर्वयोजना र योजनाअनुसार नबिर्सिएर काम गरेको पाइयो । मिश्रित भिटामिनको तीन वर्षसम्मको सेवनपछि उपरोक्त सकारात्मक प्राप्त नतिजाको आधारमा अनुसन्धाताहरूले अनुमान गरे कि उमेरिदा हुनसक्ने मस्तिष्क कार्यक्षमताको क्षिणतामा त्यस्तो सेवनले बढिमा ६० प्रतिशतसम्म घटाउन सक्ने रहेछ ।

यस अनुसन्धानमा संलग्न ८९ प्रतिशत गोरा नश्लका र औशत उमेर ७३ वर्ष तथा आधाभन्दा बढि (६० प्रतिशत) पाका महिला थिए । उहाँहरूलाई थपखुराक र भिटामिन स्वइच्छाले ख्वाएर तीन वर्ष असरको अनुगमन गरिएको थियो । त्यस्तो सेवन र मात्रालाई पूर्वाग्रह नराखी, पन्पक्ष नगरी प्रयोग गरिने विधिनै लागु गरिएकाले अध्ययन प्रक्रियामा विश्वस्त हुन सकिन्छ । तर यस परीक्षणले पनि इङ्गित गरेको चाहिँ मस्तिष्क क्षमता र स्नायु प्रणालीको बिग्रह, दुखाई र कमजोरी नहुँदा मात्र त्यस्ता थप ‘तागतिला र आवश्यक’ भनिने औषधिले काम गर्ने रहेछन् । त्यसैले भित्र्याँसका समस्या, अबुर्द रोग, दोस्रो तहको मधुमेह र अरु स्वास्थ्यसम्बन्धी समस्या नभएमात्र थप खुराकले मद्दत पुग्दछ नभए काम नगर्ने रहेछ ।

भिटामिन सेवन गरिरहनु पर्छ ?
वैज्ञानिक र लिखतमा भरपर्दो संस्थाले गरेको अनुसन्धान भए पनि एउटा मात्र यस अध्ययनको भरमा सबै उमेरसमुहका मान्छेले नियमित भिटामिन सेवन गर्नुपर्छ भन्न सकिन्न । यस अध्ययनको क्रममा सहभागी पाका मान्छेले खाने खाना रुचाईका आधारमा खाइएको हुनसक्छ । त्यस्तो खानामा कुनै आवश्यक पोषण खुराकको अभाव भएको हुनसक्छ र थप खुराकको असर पाइयो । खानामा सन्तुलित आहार खानेबानी र व्यवस्था गरिएको भए त त्यति असर पनि नदेखाउँदो हो ! हुन त यस परीक्षणमा देखिएको थप खुराकको सकारात्मक प्रभाव अल्पकालिन पनि हुनसक्छ र मान्छेको पूरा जीवनको निमेष अवधिको परीक्षण भएकाले टुङ्गोसाथ यसै भन्न सकिन्न । त्यसैले उमेरिदा पाका मान्छेमा देखिने उन्माद, विस्मृतिका समस्या थपखुराक र भिटामिनले निको पार्नसक्छ भन्नु अलि अपरिपक्व निणर्य हुन जान्छ !

ल्पासेबो अलि बढि मान्छेमा प्रयोग गरिएको र कोकोओको तुलनामा बढि समय सेवन गराइएकाले निणर्यमा पुग्न झन् धरमर भयो । किन कि त्यसको सेवनले ६५ वर्ष माथिका मिश्रित भिटाभिन सेवन गरिरहेका पुरुषहरूमा मस्तिष्कको क्रियाकलाप र स्फूर्तिमा कुनै भिन्नता ल्याउन सकेन भने प्रगतिको कुरै छोडौँ ! अमेरिकामा मान्छेको मृत्यु हुनेमा प्रमुख कारणमध्ये पाँचौँमा पर्छ हृदयघात, र बाँचेमा पनि विभिन्न असक्षमता सहित पाका मान्छे ओच्छ्यान पर्छन् । धेरै असक्षमता स्नायु र मस्तिष्क सम्बन्धित भएर नै थप समस्या भोगिएको पाइन्छ । अनि सधैं भिटामिन र पोषक खाना खानेमा किन मस्तिष्कका समस्या आयो त ? यसको कारणसँग जोडिएर भित्र्याँस र अन्य स्वास्थ्यका समस्याले सबै क्रियाकलाप सञ्चालन गर्ने स्नायु प्रणाली र मुख्य अङ्ग मस्तिष्कमा परेको अतिचापको कारणले भएको प्रष्ट हुन्छ । त्यसैले शरीरका अरु प्रणालीलाई स्वस्थ्य राख्न सकिए नितान्त स्नायु र मस्तिष्कका रोगव्याधबाहेक संस्मरणको समस्या नभई, विस्मृति जस्ता घातक परिणाम कम हुने सम्भावना बढ्छ । भिटामिन सधैँ खाँदैमा सबै रोग निको नहुने तथ्य पनि बुझ्न जरुरी छ ।

के गर्ने त ?
भिटामिनका उपयोगिता बारेमा धेरै रोगहरूमा अचुक सावित हुँदाहुँदै पनि स्नायु र मस्तिष्कका जटिल समस्याबारेमा थप अनुसन्धान हुन बाँकि छ । त्यस्ता अनुसन्धानमा कुन उमेरसमुहलाई भिटामिन फाइदाजनक हुन्छ, कति मात्रामा सेवन गर्नु आवश्यक छ र भिटामिनको अवयवमा कुन भागले कुन अङ्गलाई असरदार प्रभाव पार्छ ? भन्ने दिशामा काम हुनुपर्छ । त्यस्ता अनुसन्धानका दायरामा विभिन्न उमेरसमुहका अत्यधिक मानिसहरू संलग्न गराइनु पर्छ भने विभिन्न क्षेत्र र नश्लका मानिस हुनुपर्छ । सामाजिक, भौगोलिक, समुहगत आधारमा स्नायुको क्रियाकलाप, मस्तिष्क क्षमताको अनुभव र ठम्याई फरक किसिमले अभिव्यक्त भएका हुन्छन् । त्यसै फरकको आधारमा उन्माद, विस्मृति र अन्य मस्तिष्कका रोगको मात्रा र घनिभूत अवस्था निरोपण र निदान गर्न सकिन्छ । त्यसैले मिश्रित बहुआयामिक भिटामिन र थप खुराकले अल्ज्हाइमर जस्ता निको नहुने रोगमा अझै काम गर्छ वा गर्दैन हेर्नै बाँकि छ ।

सामान्य अन्य कमजोरी वा संक्रमणमा अति उपयोगी भिटामिन र यसका समिश्रणले काम गरेता पनि मानसिक रुपमा अन्य उपाय नहुँदा मनको शान्तिका लागि भिटामिन कम हानी गर्ने थपखुराक हो । सबैतिर प्रचारित भएका शक्तिदायक पेय पदार्थ, औषधि र रसायनहरूमा भएका विभिन्न अवयवले विभिन्न प्रकारले निकाल्ने उर्जा शरीरलाई उपयोगी लागेमा पनि ‘तागत दिने र भिटामिनयुक्त’ भनिएको व्याख्यातिर हामी अलि भर नगरी हालौँ । ती सबका विज्ञानसम्मत अनुसन्धान र प्रष्ट प्रत्यक्ष प्रमाण छैनन्, हो विश्वासका आधारमा मनोधारणामा आराम देलान् ! बरु माथि भनिएका झैँ अनुसन्धान अघि बढेमा केही पछि सुरक्षित, सर्वसुलभ, सुपथ भिटामिन र थपखुराक पत्तो लागि करोडौँको हितमा स्तरीय जीवन जीउन मद्दत पुग्ने छ । त्यस क्रममा पाका मान्छेको हितमा पनि पक्कै उपचारले फड्को मार्ने छ । त्यसैले मस्तिष्क समस्या नआओस् र थप जटिलतातिर उन्मुख नहोस् भनेर अन्य रोगव्याधमा भिटामिनको प्रयोग चिकित्सकको भनाईमा ठिक होला । तर समस्या आइसकेको हो भने त्यस्ता खुराकबाट रोगसँग लड्न र उम्कन गाह्रो हुन्छ ।

अन्त्यमा,
बजारवादको महामारीको बेला प्राकृतिक खानपान र पथपरहेजको जानेको परम्परामा समेत बिचलन भएको समाजमा जन्मिएदेखिनै अतिरिक्त बाजारु चिजविजको खपत बढेको पाइन्छ । बुद्धि तिक्ष्ण बनाउने, सतर्क र फूर्तिलो बनाउने नाममा विभिन्न पेय पदार्थ र नामधारी ‘चिकित्सक’का सल्लाहमा बिभिन्न औषधि सेवन गर्ने जमात बढ्दै छ । हुँदाहुँदा परीक्षामा सम्झन सहयोगी, दिमाग तरोताजा बनाउने, स्मरण शक्ति बढाउने भनि विभिन्न चमत्कारी तेल, खुराक, रसादी र औषधि भनि बेचबिखन निकै बढेको पाइन्छ । तथ्यगत, वैज्ञानिक बिचार नबोकेका विभिन्न उमेरसमुहका मानिस त्यस्तो अप्रमाणिक कुराको प्रचारमा होमिएर समय, स्रोतमात्र व्यर्थ खर्च गरिरहेका छैनन् आफ्नै शरीर पनि बिगारी रहेछन् ।

विभिन्न शारीरिक मानसिक हिसाबले कमजोर हुन थालेका पाका मान्छे पनि निराश हुने अवस्था आइलाग्दा बाँच्ने तृष्णाले आलाकाँचा र वयस्कहरूका ‘चमत्कारिक औषधि’को प्रभावमा परि सेवन गर्न सक्छन् । विज्ञको उचित सल्लाह र प्रमाणित ज्ञानका आधारमा भनिएका कुराबाहेक अरु कुनै पनि बस्तुले साँच्चैको काम नगर्ने तथ्य चाहिँ मस्तिष्क र स्नायुका समस्यामा देखापर्दछ । त्यस्तोमा प्रमाणित भिटामिनको प्रभाव पनि नपर्ने तथ्यलाई स्विकार गर्दै अन्य वैकल्पिक खोजपड्ताल तथा अप्रत्यक्ष उपचार गर्नुपर्ने हुन्छ, तर निर्क्याेल गर्ने जिम्मा पनि विज्ञ चिकित्सकलाईनै दिनु सुरक्षित हुनु हो । प्रचारप्रभावले बजार पिटिरहेका ‘रामवाण’ भनिएका चटके औषधिका हल्लाको पछि नलागौँ, भर गर्ने त कुरै छैन ।

०००
माघ १९, २०७९
चालिसेडाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले नाक त जोगाउनै पर्छ !

पाकाले नाक त जोगाउनै...

डा. मुकेशकुमार चालिसे
पाकाले रिसाउन छोडौँ, मस्कने गरौँ !

पाकाले रिसाउन छोडौँ, मस्कने...

डा. मुकेशकुमार चालिसे
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाले नाक त जोगाउनै पर्छ !

पाकाले नाक त जोगाउनै...

डा. मुकेशकुमार चालिसे
जिन्दगीको पिरलो

जिन्दगीको पिरलो

महादीप पाेखरेल
पाकाले रिसाउन छोडौँ, मस्कने गरौँ !

पाकाले रिसाउन छोडौँ, मस्कने...

डा. मुकेशकुमार चालिसे
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे