साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

टुटी फेरिएको हो जार उस्तै उस्तै हो खुर्पा फेरिएको हो धार उस्तैउस्तै हो न व्यवस्था फेरिन्छ न अवस्था हाम्रो रूप फेरिएको हो सार उस्तै उस्तै हो ।

Nepal Telecom ad

१.
जहिल्यै उनान्सय जस्तो सय न हजार जस्तो
कहिले अस्पताल जस्तो कहिले मजार जस्तो
बडो अभरको हुँदोरहेछ यो सम्बन्ध भन्नु पनि
छिनछिनमै उतारचढाव हुने पूँजीबजार जस्तो ।

२.
मागेको मुठ्ठीले घरको भकारी भर्दैन थाहा छ
काँपेका खुट्टाले जङ्घार कैल्यै तर्दैन थाहा छ
के दिउँ म शुभकामना विदेशी भरियाहरूलाई
खेतालाले किसानको भलो गर्दै गर्दैन थाहा छ ।

३.
सत्ताको सुमेरु परिक्रमा गर्ने ढङ्ग छैन भने
तपाइँको सेवाले विधाता यदि दङ्ग छैन भने
नसोच्नु पाइनेछ देशमा निष्पक्ष नियाँ निसाफ
कानुन किन्नसक्ने ल्याकत आफूसङ्ग छैन भने ।

४.
अभाव असुरक्षा चिन्ता र विषाद छ घर घरमा
डस्दैछ महङ्गीले गोमन सर्पलेझैँ प्रत्येक प्रहरमा
सुर्ता तँलाई सधै सुविधा र मर्यादाक्रम वृद्धिको
भनी दे सरकार जनताको क्रम छ कुन नम्बरमा ।

५.
टुटी फेरिएको हो जार उस्तै उस्तै हो
खुर्पा फेरिएको हो धार उस्तैउस्तै हो
न व्यवस्था फेरिन्छ न अवस्था हाम्रो
रूप फेरिएको हो सार उस्तै उस्तै हो ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x