सुशील रिजालगुमनाम
पन्छी उडे झैँ गुण रित्तिँदै छ मान्छेहरूको मन सिद्धिदै छ कोही कसैको किन ठान्छ खास व्यर्थै रहन्छन् मनभित्र आस ।

सुशील रिजाल :
तोडेर नाता किन भन्छ आफ्नो
सम्बन्ध मेरोे अनि हो उसैको
जुट्ने र फुट्ने अनि गर्छ लुट्ने
आफ्नै रहेछन् उसिनेर भुट्ने ।
दोषी म आफैँ किन दोष दिन्छु
आफ्ना भनेरै मदहोस हुन्छु
दिक्दार बन्दै किन रुन्छ चित्त
आश्चर्य लाग्दो भन के छ भित्र ।
आफन्त सारा तरबार जस्तै
राजा विनाको दरबार जस्तै
मान्छे तिमी नै भन को छ अर्को
मीठो छ बोली किन हुन्छ झर्को ?
पन्छी उडे झैँ गुण रित्तिँदै छ
मान्छेहरूको मन सिद्धिदै छ
कोही कसैको किन ठान्छ खास
व्यर्थै रहन्छन् मनभित्र आस ।
ठिङ्गो छ पुत्ला हँसिलो छ चित्र
के हो जगत्मा सुविचार मित्र
संसार सारा गुणगान खोज्दै
मान्छे हरायो गुमनाम रोज्दै ।
०००
कीर्तिपुर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































