साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुमनाम

पन्छी उडे झैँ गुण रित्तिँदै छ मान्छेहरूको मन सिद्धिदै छ कोही कसैको किन ठान्छ खास व्यर्थै रहन्छन् मनभित्र आस ।

Nepal Telecom ad

सुशील रिजाल :

तोडेर नाता किन भन्छ आफ्नो
सम्बन्ध मेरोे अनि हो उसैको
जुट्ने र फुट्ने अनि गर्छ लुट्ने
आफ्नै रहेछन् उसिनेर भुट्ने ।

दोषी म आफैँ किन दोष दिन्छु
आफ्ना भनेरै मदहोस हुन्छु
दिक्दार बन्दै किन रुन्छ चित्त
आश्चर्य लाग्दो भन के छ भित्र ।

आफन्त सारा तरबार जस्तै
राजा विनाको दरबार जस्तै
मान्छे तिमी नै भन को छ अर्को
मीठो छ बोली किन हुन्छ झर्को ?

पन्छी उडे झैँ गुण रित्तिँदै छ
मान्छेहरूको मन सिद्धिदै छ
कोही कसैको किन ठान्छ खास
व्यर्थै रहन्छन् मनभित्र आस ।

ठिङ्गो छ पुत्ला हँसिलो छ चित्र
के हो जगत्मा सुविचार मित्र
संसार सारा गुणगान खोज्दै
मान्छे हरायो गुमनाम रोज्दै ।

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x