साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नशा’ खाए ‘नसा’ सुक्ला नि !

Nepal Telecom ad

‘मैले पुरा छोडेँ । तिमीले पूरा खायौ ।’ मैले पुरा छोडेँ । यस वाक्यले मैले सबै खाइनँ भन्ने बुझाउँथ्यो । तिमीले पूरा खायौ । पछिल्लोले चाहिँ तिमीले सबै खायौ भन्ने बुझाउँथ्यो । वर्ण–विन्यासको नयाँ नियमले पूर्ण भन्ने अर्थको ‘पूरा’लाई ‘पुरा’ बनाएको छ । मित=थोरै, मीत=मित्र । अब मित्रको अर्थ दिने मीत पनि ‘मित’ भइसकेको छ । फुल=अण्ड, फूल=पुष्प (फुल्ल) । पहिले कुखुरीले फुल पार्ने अनि बोटबिरुवाले फूल फुलाउने चलन थियो । अब बोट–बिरुवाले पनि फुल पार्छ ।

जुन=सर्वनाम वा सार्वनामिक विशेषण । जून=चन्द्रमा वा चन्द्रमाको उज्यालो । अब जून पनि ‘जुन’ भएको छ । जुवा=हलो नार्ने वस्तु । जूवा=तास, कौडा आदि खेल । अब जूवा ‘जुवा’ भइसक्यो । तिन=सर्वनाम । तीन=दुईभन्दा एक बढी । अब तीनलाई पनि ‘तिन’ लेख्नुपर्छ । भिड=भिड्ने काम गर । भीड=हूल । अब ‘भिड’मात्र बाँकी छ । हुल=हुल्ने काम गर । हूल=भीड । अब ‘हुल’ मात्रै लेखिन्छ । जित=जित्ने काम गर । जीत=विजय । अब ‘जित’मात्र बाँकी छ । उन=सर्वनाम । ऊन=भेडाको भुत्ला । अब ‘उन’मात्र बाँकी छ । यी त भए ह्रस्व दीर्घमा आएको परिवर्तनका प्रतिनिधि दृष्टान्त ।

पहिले ‘शहर’ भन्नाले नगरलाई अनि ‘सहर’ भन्नाले माछाको कुनै विशेष प्रजातिलाई बुझ्न पाइन्थ्यो । अचेल शहरलाई पनि ‘सहर’ बनाइएको छ । ‘नशा’ भन्नाले लागु औषध बुझिन्थ्यो र नसा भन्नाले स्नायुलाई बुझ्न सकिन्थ्यो । अब नशा पनि ‘नसा’मा परिणत भएको छ ।

भाषा–विज्ञानले शब्दबाट विशिष्ट अर्थ आउनुुपर्छ भन्ने मान्यता राख्छ ।
एउटा शब्दले एउटै अर्थ दिएमा बुझ्न सजिलो हुन्छ । शब्दको विभिन्नता अर्थको विशिष्टताका लागि आवश्यक हुन्छ । सरलताको निहुँ पारेर विशिष्ट अर्थ वहन गर्ने सयौँ शब्दहरूलाई सामान्यीकरण गरिएको छ । कुनै दिन सरलतावादीहरूले आमा र बामध्ये कुनै एउटा शब्द मात्र चलाउने चलन ल्याउने छन् ।

पहिले यस्तो लेखिन्थ्यो–“तिमी सोह्र दिनसम्म फोहोर सोर ।” अहिले यसरी लेख्नुपर्ने छ !–“तिमी सोर दिनसम्म फोहोर सोर ।” पहिले यस्तो लेखिन्थ्यो–“तिमी बाह्र्र दिनसम्म मुख बार ।” अहिले यस्तो लेख्नुपर्ने अरे !– “तिमी बार दिनसम्म मुख बार ।” पहिले यस्तो लेखिन्थ्यो–“गारो भत्काउन गाह्रो नमान ।” अहिले यस्तो नलेखे अशुद्ध हुन्छ अरे !– “गारो भत्काउन गारो नमान ।” दाङका एक जना सचेत प्राध्यापक/शिक्षकले सुनाउनुभयो, एउटै कक्षामा अनिवार्य नेपाली पढाउँदा ‘फुल’ ह्रस्व लेख्न सिकाउँछु अनि ऐच्छिक नेपाली पढाउँदा चाहिँ फूल दीर्घ लेख्न अह्राउँछु । एउटै शिक्षकले एउटै कक्षामा एउटै विद्यार्थीलाई परस्पर विरोधी नियम सिकाउनुपर्दा विद्यार्थीले कस्तो लेख्ला ? बाँचुन्जेलसम्म कहिले कुनै लहडीको र कहिले कुनै लहडीको लहडमा बन्ने वर्ण–विन्यास सिक्दासिक्दै नेपाली शब्द शुद्ध लेख्न नजानीकन मर्नुको विकल्प छैन त ?

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x