सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आदेश पालना

Nepal Telecom ad

एक जना नेताजी गृहमन्त्री हुनासाथ उच्च पदका प्रहरीहरूलाई बोलाएर ‘अब म शान्ति सुरक्षामा बिलकुल सम्झौता गर्दिन । तपाईंहरू पनि मुस्तेद भएर आआफ्नो कर्तव्य गर्नुहोला’ भनेछन् ।
उच्च पदका अधिकारीहरूले आआफ्ना कार्यालयमा आएर मुनिकालाई, मुनिकाले आफू मुनिकालाई यही कुरो दोहोर्याएछन् । अन्तमा चौकीका थाना हाकिमले ‘तिमीहरू कामै राम्ररी गर्दैनौ । मन्त्रीज्यू साह्रै कडा हुनुहुन्छ, अब बडो राम्ररी काम गर है नत्र ठीक हुन्न’ भनेर बेसरी हकारेछन् । त्यहाँ भाषण सुनेर बाहिर आएको यौटा प्रहरी सिपाहीले गर्मीमा रूखको छायामा एउटा रिक्सावालालाई रिक्सा अड्याएर बसिरहेको देखेछ । उसले पनि रिक्सामै एक डण्डा ठोकेर भनेछ– …हरू, तिमीहरूले के भन्ने ठानेका छौ ? देशमा अब तिमीहरूको मनमानी चल्दैन । बुझिस् !’

–टिपनटापन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad