हरि खनालहाम्रो नेपालमा
राजनीति सुन्दासुन्दै बाङ्गो हुनेरैछ
सिनेमामा खेल्दाखेल्दै नाङ्गो हुने रैछ ।।
संस्था खोले साहित्यको मान्ने हुने रैछ ।
पदै रैछ ठूलो कुरा जान्ने हुने रैछ ।।
कैंची हानें भाषामाथि ज्ञानी हुने रैछ ।
नेपालीको शाख झारे ध्यानी हुने रैछ ।।
हान्नेलाई जान्ने भन्छन् हाम्रो नेपालमा ।
जान्नेलाई थाङ्ने भन्छन् हाम्रो नेपालमा ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































