साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा कृष्णप्रसाद पराजुलीप्रति शब्दश्रद्धा

Nepal Telecom ad

काठमाडौं / प्रख्यात साहित्यकार तथा व्याकरणकार कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
पराजुलीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा २०७० चैत २० गते बिहीबार बेलुका ८.१५ बजे निधन भएको छ ।
सुगर रोगबाट थलिनुभएका पराजुली गएको १० दिनदेखि शिक्षण अस्पतालको आइसीयुमा हुनुहुन्थ्यो ।
उहाँका ‘राम्रो रचना मिठो नेपाली’ (२०२३), ‘पन्ध्र तारा र नेपाली साहित्य’ ‘जीवन सङ्ग्रह (२०२४), ‘नौबेली’ कथा सङ्ग्रह (२०२८), ‘सय थुङ्गा फूल’ कविता सङ्ग्रह (२०४४), ‘आँखाभरि सपना मुटुभरि गीत’ गीत सङ्ग्रह लगायत दुई दर्जनभन्दा बढी मौलिक कृति प्रकाशित छन् ।
वहुआयामिक व्यक्तित्व पराजुली नेपाली साहित्य क्षेत्रमा कवि, मुक्तककार, गीतकार, बाल साहित्यकार, जीवनीलेखक एव् भाषाविज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।
पराजुलीले नेपाली लोकसाहित्य विषय प्राध्यापन गर्नुभएको थियो ।
पराजुली प्रगतिशील लेखक सङ्घका सदस्य समेत हुनुहुन्थ्यो । उहाँको जन्म १९९२ सालमा काभ्रेको भ्रमरकोटमा भएको थियो ।

पराजुलीका मौलिक कृति :
१. पन्ध्र तारा र नेपाली साहित्य (जीवनीसङ्ग्रह– वि.सं.२०२४)
२. नौबेली (कथासङ्ग्रह– वि.सं.२०२८)
३. सय थुङ्गा फूल (कवितासङ्ग्रह– वि.सं. २०४४)
४. आँखाभरि सपना मुटुभरि गीत (गीतसङ्ग्रह)
५. भाषाको माया (भाषिक अनुसन्धान– वि.सं. २०४४)
६. नेपाली अध्ययन तथा अभिव्यक्ति (भाषा– वि.सं. २०२७)
७. प्रयोगात्मक भाषातत्व (नेपाली व्याकरण– वि.सं. २०३५)
८. राम्रो रचना मीठो नेपाली (व्याकरण– वि.सं. २०२३)
९. नेपाली उखान र गाउँखाने कथा (सङ्ग्रह– वि.सं. २०३९)
१०. पूर्व एक नम्बर (स्थान परिचय– वि.सं. २०२२)
११. बादलका बुट्टाहरू (कवितासङ्ग्रह– वि.सं. २०४५)
१२. फूलपात निबन्ध र पत्र परिचय (वि.सं. २०४४)
१३. जूनतारा (बालकाव्य– वि.सं. २०४५)
१४. सुनकेस्रा (बालकथासङ्ग्रह– वि.सं. २०२८)
१७. सुनौला तीन कुरा (बालकथासङ्ग्रह– वि.सं. २०२७)
१८. रमाइला नानी बाल कवितासङ्ग्रह (भाग १,२ वि.सं. २०२२ मा र तेस्रो(वि.सं.२०२७)
१९. रमाइला नानी (बाल कवितासङ्ग्रह (वि.सं. २०२२ मा र तेस्रो वि.सं. २०२५)
२०. हिमाली डाँफे (बालकथासङ्ग्रह (वि.सं.२०४४)
२०. सात गेडीको कथा (कथा सङ्ग्रह (वि.सं. २०२५)
२१. नेपाली व्यवहारिक व्याकरण (व्याकरण– वि.सं. २०२३)

फित्कौली डटकम दिवङ्गत स्रष्टा पराजुलीप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दछ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x