साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोकगोष्ठीको ७९ औं शृङ्खला सम्पन्न

Nepal Telecom ad

राजधानीमा नियमित सञ्चालन हुँदै आएको कोठेकविता गोष्ठीको ७९ औँ शृङ्खला २०७० चैत २२ गते सम्पन्न भएको छ । स्रष्टा जगदीश्वर पोखरेलको निवास रविभवनमा सम्पन्न गोष्ठी कोकका अध्यक्ष रमेश खकुरेलको सभापतित्वमा सञ्चालित थियो । गोष्ठीमा कोकगोष्ठी परिवारका संरक्षक कमल दीक्षितको उपस्थिति थियो ।

गोष्ठीमा कविहरू गौरीनाथ ढकाल, पूर्णप्रसाद पन्त, श्रीहरि फुयाँल, सूर्यकान्त पौडेल, डा बमबहादुर जिताली, मुक्तिनाथ शर्मा, बालकृष्ण गिरी, जगदीश्वर पोखरेल, वेदमणि घिमिरे, ज्ञानुवाकर पौडेल, डा जीवन अधिकारी, बाजुराम पौडेल, रामबहादुर पहाडी, बलराम दहाल, प्रभा भट्टराई, भाग्यशाली अधिकारी, विजयराज न्यौपाने र अच्युतरमण
अधिकारी लगायतका कविहरूले कविता वाचन गर्नु भएको थियो ।

कोकगोष्ठीमा प्रकाशित नभएका छन्दका कविता, गीत तथा गजल मात्र वाचन गर्ने गरिएको छ । कविता लामा छन्दका भए सात श्लोक तथा छोटा भए दश श्लोकसम्म वाचन गर्न पाइने नियम रहेको छ । वाचित कवितामा तत्काल प्रतिक्रिया व्यक्त गरेर यहाँ मिलेन, यसो गरे राम्रो वा यहाँ राम्रो भयो भन्ने समेत गरिन्छ ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x