साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग उही पुरानै हो

Nepal Telecom ad

यहाँका सब गल्ली अनि चोक उही पुरानै हो
नयाँ नौलो केही छैन सबथोक उही पुरानै हो

धेरै पछि भेट हुँदा नि उही भाव छ मुहारमा
तिमी बिना मर्छु भन्यौ ‘जोक’ उही पुरानै हो

को छ कुन्नि त्यों दिलमा मेरो चाहिँ सत्य भन्छु
यो दिलमा पीरतिको भोक उही पुरानै हो

उस्तै रैछ अझै पनि शान तिम्रो आडम्बरको
छिन छिनमा घुर्क्याउने झोक उही पुरानै हो

यो छातिको देब्रे पाटो दुख्छ मेरो घरिघरि
बल्झिएको मात्रै अहिले रोग उही पुरानै हो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x