साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुल्फी कपालको सत्यानास

Nepal Telecom ad

एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, ‘के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झ्याप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?’

नेताजीले आफ्नो कहानी सुनाए, ‘के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।’

प्रस्तुतिः दीपक सापकोटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x