साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहा गजल

Nepal Telecom ad

भट्टीबाट निस्किएपछि हो–हल्ला भो बजारमा
नपिउनेले पिएपछि हो–हल्ला भो बजारमा !!

एकै घुड्की लिनु थियो किन कुर्नु साँझ मैले
दिन दहाडै लिएपछि हो–हल्ला भो बजारमा !!

आँसु पिउँदै मर्दै जिउँदा चर्चा कतै भएन खै
सुरा पिउँदै जिएपछि हो–हल्ला भो बजारमा !!

पिउन कति गाह्रो हुन्छ पिएर त हेर तिमी
चुनौती त्यो दिएपछि हो–हल्ला भो बजारमा !!

एउटा नाम लुकेको थ्यो गाउँलेको छातीभित्र
बेहोसीमा सम्झेपछि हो–हल्ला भो बजारमा !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x