साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याल कराउने घारीतिर

Nepal Telecom ad

दाजु भाइले खेत राखी बारी दिए मलाइ
स्याल् कराउने घारी तिर पारिदिए मलाई ।

अंश-बंडा लाउने भन्दै तेल घस्न आए
मलिलो छ भन्दै पाखो खारिदिए मलाई ।

बजारको सानो चौटौ घडेरी नि राखे
जमिनदार हुन्छस् भन्दै घारी दिए मलाई ।

पुरानो गाउ पुरानो घर तिनकै अंस माथि
खोला पारि पर्यो मेरो तारिदिए मलाई ।

जन्मेको गाउँ रुदै रुदै छोड्नु पर्ने भयो
अनकन्टार जंगलमा सारिदिए मलाइ

पाखुराको शक्ति बेची यिनै झिटी जोडें
कम्जोर भएँ अब अंश फारिदिए मलाई ।

दाजुभाइले झिटी बेची सहरमा पसे
आफु कार चढे गोरु नारिदिए मलाई ।

लेखापढी गरिएन जान्दिन म हिसाब
पुर्जा न’भा जग्गा रै’छ मारिदिए मलाई ।

निकै दु:ख गरिकन पढाए थें मैले
पढे लेखे माथि पुगे झारिदिए मलाई ।

नलाङ- ७, बैरेनी धादिंङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x