साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट्छु नेपालमा

Nepal Telecom ad

बिनाअर्थ खोक्ने मात्रै भेट्छु नेपालमा
समृद्धिलाई रोक्ने मात्रै भेट्छु नेपालमा ।

राष्ट्रियता व्यवहारमा भेटिए पो हुन्थ्यो
सधैं भाषण घोक्ने मात्रै भेट्छु नेपालमा ।

नारीबाटै नारी यहाँ अपहेलित हुन्छन्
किन न्याय टोक्ने मात्रै भेट्छु नेपालमा ।

एकर्काको अवनति रुचाउँछन् सबै
रुँदा ताली ठोक्ने मात्रै भेट्छु नेपालमा ।

स्वच्छ मनले नेपालीको कस्ले सेवा गर्ला
पाए घुसै धोक्ने मात्रै भेट्छु नेपालमा ।

कस्को घरखेत छैन यहाँ धितो राखिएको
ऋणको भारी बोक्ने मात्रै भेट्छु नेपालमा ।

क्यै गरौँ न भन्नेलाई बल्छी लाउँछन् सबै
लाखौँ शर्त तोक्ने मात्रै भेट्छु नेपालमा
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x