साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँटिदिनेहरू छन्

बच्चाको गाला जस्तो हुन छोड्नुस् अब त मायाँ गरी मुसारे झैँ कुटिदिनेहरू छन् ।

Nepal Telecom ad

जसरी पनि सबको प्यारो भइदिनेहरू छन्
यहाँ बिरालोलाई बाघ भनिदिनेहरू छन्

खाडलबाट निकालिदिनेहरू हुन् नभएका
म मरेँ भन्नुस् जिउँदै लगी पुरिदिनेहरू छन्

कसलाई आफ्नो सम्झेर म खुसी मनाऊँ
आफैले बालेको दीयो फुकिदिनेहरू छन्

भविष्यमा फूलको खेती कसले गर्ला र
पाए प्लास्टिक फूल बढी किनिदिनेहरू छन्

दुख बेसाउन चाहन्नन् डोरी किन बाट्थे
अर्काको पिङमा सक्दो मच्चिदिनेहरू छन्

बच्चाको गाला जस्तो हुन छोड्नुस् अब त
मायाँ गरी मुसारे झैँ कुटिदिनेहरू छन्

आभार दिऊँ लाग्छ झुटै बोलेको भए नि
याद त आइरहन्छौ भनी ढाँटिदिनेहरू छन् ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x