सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढाँटिदिनेहरू छन्

बच्चाको गाला जस्तो हुन छोड्नुस् अब त मायाँ गरी मुसारे झैँ कुटिदिनेहरू छन् ।

Nepal Telecom ad

जसरी पनि सबको प्यारो भइदिनेहरू छन्
यहाँ बिरालोलाई बाघ भनिदिनेहरू छन्

खाडलबाट निकालिदिनेहरू हुन् नभएका
म मरेँ भन्नुस् जिउँदै लगी पुरिदिनेहरू छन्

कसलाई आफ्नो सम्झेर म खुसी मनाऊँ
आफैले बालेको दीयो फुकिदिनेहरू छन्

भविष्यमा फूलको खेती कसले गर्ला र
पाए प्लास्टिक फूल बढी किनिदिनेहरू छन्

दुख बेसाउन चाहन्नन् डोरी किन बाट्थे
अर्काको पिङमा सक्दो मच्चिदिनेहरू छन्

बच्चाको गाला जस्तो हुन छोड्नुस् अब त
मायाँ गरी मुसारे झैँ कुटिदिनेहरू छन्

आभार दिऊँ लाग्छ झुटै बोलेको भए नि
याद त आइरहन्छौ भनी ढाँटिदिनेहरू छन् ।

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस