साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा नगर्नु भनेन उसले

छिमेकीलाई गाली बेईज्जती गर्न सघाउन उसको लोग्नेले समेत सघाएको थियो । छिमेकीसँग झगडा नगर्नु भनेन उसले, बरु सघाइरह्यो सघाइरह्यो ।

Nepal Telecom ad

तँ ठुसुक्कै भएस्, तेरो बाउ ठुसुक्कै भएस्, तेरि आमा ठुसुक्कै भएस्, तेरि स्वास्नी ठुसुक्कै भएस्, तेरो जेठो छोरो ठुसुक्कै भएस्, तेरि जेठी बुहारी ठुसुक्कै भएस्, तेरो माईलो छोरो ठुसुक्कै भएस्, तेरि माईली बुहारी ठुसुक्कै भएस्, तेरो साईलो छोरो ठुसुक्कै भएस्, तेरि साईली बुहारी ठुसुक्कै भएस्, तेरो कान्छो छोरो ठुसुक्कै भएस्….. ।

तेरो जेठो बाउ ठुसुक्कै भएस्, तेरि जेठी आमा ठुसुक्कै भएस्, तेरो जेठो दाइ ठुसुक्कै भएस्, तेरि जेठी भाउजू ठुसुक्कै भएस्, तेरो माइलो दाइ ठुसुक्कै भएस्, तेरि माइली भाउजू ठुसुक्कै भएस्…. ।

यसैगरि उसले छिमेकीको सन्तान दरसन्तान, नातेदार हरूलाई गाली गरेको चार घण्टा भैसकेको थियो । अझै पनि उसले छिमेकीको वस्तुभाउ ठुसुक्कै भएस् भनेर शुरु गर्न बाँकी नै थियो ।

छिमेकीको सम्पत्तीको हानी नोक्सानी अर्थात जलोस्, हराओस् भनेर गाली बेईज्जती गर्न बाँकी नै थियो । उसको लोग्नेले आफ्नो श्रीमतीलाई भो अब गाली नगर्नु भन्नुको सट्टा ऊ थाकी होली, घाँटी सुक्यो होला भनेर पानी लिएर आयो र पिउन दियो । छिमेकीले पनि त्यसैगरि गाली गरिरहेकोले आफूले गाली नगर्दा हार हुने भएकोले उसले गाली गर्न नछोडेकी हो ।

छिमेकीलाई गाली बेईज्जती गर्न सघाउन उसको लोग्नेले समेत सघाएको थियो । छिमेकीसँग झगडा नगर्नु भनेन उसले, बरु सघाइरह्यो सघाइरह्यो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
0
Would love your thoughts, please comment.x
()
x