धनराज गिरीभूगोल
“होइन, आलोक के भो तलाई ? किन त्यति राम्रो इतिहास भएको परिवारबाट आएको प्रस्ताव बहिष्कार गरिस् ? केटीलाई म राम्रोसित चिन्दछु । एक कक्षादेखि स्नातकोत्तरसम्म प्रथम हो । पी .एच .डी. पनि गर्दैछिन् । परिवारको पहुच केन्द्रसम्म छ । दुई दाजुहरू अमेरिकामा छन् । एउटी छोरी .र गृहलक्ष्मी मात्र होइन भौतिक लक्ष्मीको पनि मालिक हुने सम्भावना छ । छोरी र ज्वाइँको लागि भनेर राजधानीमा एउटा महल किनेर राखेका छन रे । साथमा कार पनि । यस्तो आयामिक रुपमै मालामाल हुने मौका जीवनमा बारबार आउन्न बाबै । फेरि ससुरा बूढा (बिहे भएमा) क्याम्पसको सञ्चालक समितिको अध्यक्ष । जागिर पनि पक्का । अनुहार किन यस्तो बनाएको ? इतिहास हेर बाबु इतिहास । जमिन्दार भद्ररनारायण कुइकेलको आशीर्वादले धेरैको कल्याण भएको छ । स्वर्णिम इतिहास भएको खानदान हो ।”
आलोक मौन । उसले केटी हेरेको हो, एउटा साहित्यिक कार्यक्रममा । बिचरीको कपाल कैलो । एउटा आँखामा फुलो । अनुहारभरि स्तरीय डण्डीफोर । विकर्षणको केन्द्रर उनको मुहार । जिउ पनि गठरी । कुरूपताको नमूना ।
“किन नबोलेको आलोक ?”
“भीष्म, इतिहासले मात्र नहुने रहेछ । भूगोल हेर मित्र भूगोल !“
“भूगोल ।” उफ् ! मूर्ख” भन्न खोज्दै थियो भीष्म, बोल्न सकेन, किन कि उसले “शहर सुन्दरीसित” लगन गाँठो कसेको थियो ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































