साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो काठमाडौंमा

Nepal Telecom ad

आँसु रैछ हाँसो रैछ, हाम्रो काठमाडौंमा
धूलो, मैलो, ध्वाँसो रैछ, हाम्रो काठमाडौंमा ।

अर्कालाई खसालेर, कुरा काट्छन् सधैं
अनावश्यक चासो रैछ, हाम्रो काठमाडौंमा ।

कतै देखें पीडा मात्रै, कतै छत्तोखेलो
कतै गलपासो रैछ, हाम्रो काठमाडौंमा ।

कता कता हराएछन्, आदिबासी मान्छे
नयाँ रासोबासो रैछ, हाम्रो काठमाडौंमा ।

थोत्रा थाम्रा चिथडाले, भरिएछ टन्नै
जताततै गाँसो रैछ, हाम्रो काठमाडौंमा ।

सास्ती दिँदै पछि लागे, बाधा अड्चन धेरै
दुखै मात्र टाँसो रैछ, हाम्रो काठमाडौंमा ।

बाँच्न सहज छैन यहाँ, अभावले डस्दा
जिन्दगी नै नासो रैछ, हाम्रो काठमाडौंमा ।

सुशान्तिको बाटो कुर्दै, थाकेका छन् सबै
व्यक्ति व्यक्ति प्यासो रैछ, हाम्रो काठमाडौंमा

पुरानो नैकाप, काठमाडौं
हाल : रोचेस्टर, न्युयोर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x