सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रो काठमाडौंमा

Nepal Telecom ad

आँसु रैछ हाँसो रैछ, हाम्रो काठमाडौंमा
धूलो, मैलो, ध्वाँसो रैछ, हाम्रो काठमाडौंमा ।

अर्कालाई खसालेर, कुरा काट्छन् सधैं
अनावश्यक चासो रैछ, हाम्रो काठमाडौंमा ।

कतै देखें पीडा मात्रै, कतै छत्तोखेलो
कतै गलपासो रैछ, हाम्रो काठमाडौंमा ।

कता कता हराएछन्, आदिबासी मान्छे
नयाँ रासोबासो रैछ, हाम्रो काठमाडौंमा ।

थोत्रा थाम्रा चिथडाले, भरिएछ टन्नै
जताततै गाँसो रैछ, हाम्रो काठमाडौंमा ।

सास्ती दिँदै पछि लागे, बाधा अड्चन धेरै
दुखै मात्र टाँसो रैछ, हाम्रो काठमाडौंमा ।

बाँच्न सहज छैन यहाँ, अभावले डस्दा
जिन्दगी नै नासो रैछ, हाम्रो काठमाडौंमा ।

सुशान्तिको बाटो कुर्दै, थाकेका छन् सबै
व्यक्ति व्यक्ति प्यासो रैछ, हाम्रो काठमाडौंमा

पुरानो नैकाप, काठमाडौं
हाल : रोचेस्टर, न्युयोर्क

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
के युवा ?

के युवा ?

रेहित सैजु
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी