साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकाको दशैँ

Nepal Telecom ad

लिङ्गे पिङको लागि
लिङ्गो काट्न पनि गइएन
दक्षिणाको लागि नयाँ नोट
साट्न पनि गइएन
न त खसीको म्याम्याले
रातमा सताई नै रह्यो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

नयाँ लुगाको आश नभएपछि
दर्जिकोमा धाउने कुरै भएन
टीका नै लगाउन नपाएपछि
दक्षिणा आउने कुरै भएन
अछेताले रातै भएको नोट
गन्ने इच्छा अधुरै रह्यो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

लङ्गुर बुर्जाको गोटीमा
बुर्जा पर्यो कि परेन
कौडाको खालमा जितौरी
झर्यो कि झरेन
कोरम पुर्याई तास खेल्न
मेरो खोजि अवश्य भयो,
गयो, यसपालिको दशैँ
जसरी आयो त्यसरी नै गयो
चिन्तित थिए चामे दाइ
गर्जो टर्यो कि टरेन
लिखुरेको दशैँ भागमा
लुगा पर्यो कि परेन
एक छाक मिठो खुवाउने इच्छा
अधुरै रह्यो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

चिउरा कुट्ने मिलमा भिड
बढे कि बढेनन्
रोटे पिङ र जाँते पिङबाट
कोहि लडे कि लडेनन्
लिङ्गे पिङको लिङ्गो ठड्याउन
मेरो खोजि पक्कै भयो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

बर्डफ्लु लाछ भन्थे कुखुरालाई
मासुको भाउ महँगो भयो होला
पेटभरि मासु खाने
ठुल्कान्छोको इच्छा
थाती नै रह्यो होला
हुँदा मासुमा मूला मिसाउँथे
नहुँदा मुलामा मासु मिसाउँथे
तिनको घरमा मुलाको मासु
खाने इच्छा अधुरै रह्यो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

टीकासँगै पाउने आशिष
बूढी आमाको हातमै रह्यो
शिर निहुराई ढाग्ने इच्छा
समुद्रको साथमै रह्यो
कठै तिनको आशीर्वचन
बाटो हेर्दै रोयो होला
सम्झनाको चिसो स्याँठले
उनको मनमा छोयो होला
दौडिएर पुग्न पनि
समुद्रले रोक्दो रैछ
थाहा भयो मिलन बिछोड
भावीले नै तोक्दो रैछ
मन्दिर गई देवी पुज्ने
चाहना नि बासी रह्यो
गयो, यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो ।

बोस्टन, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x