लक्ष्मण लम्सालअचम्मको बानी !
यो बानी भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ नबसुञ्जेल बसाउन गारो बसाएपछि छुटाउनै गारो ।
कसैको नाक कोट्टयाउने बानी हुन्छ कसैको औँला टोक्ने बानी । त्यस्तै मेरा एकजना काका छन् ती बुढाको बानी अचम्मको छ । जब दिनभरी कोठामा बसिरहे भने उनलाई केही हुँदैन तर बाहिर कतै जानु प¥यो कि हिड्ने बेला भएपछि शौचालय दौडीहाल्नु पर्छ । जब बाहिर जाने कपडा फेरि सक्छन् काकालाई शौचालय जानै पर्छ । काठमाडौँ पसेको तेस्रो दिनदेखि लागेको यो वानी आजसम्म छुट्न सकेको छैन ।
बास्तवमा काकाको यस्तो बानी लाग्नुको बेग्लै कथा छ । जब काका पहिलो चोटी काठमाडौँ आएका थिए एक दिन घुम्न भन्दै बाहिर निस्केछन् । जब बुढा काठमाडौँको व्यस्त बजार तिर पुगेका थिए । बुढालाई ट्वाइलेट लागेछ अब कता जाउन् बुढा ? गाउँघरबाट पहिलो चोटी आ’का जता हेर्यो घरैघर जता हेर्यो मान्छे नै मान्छे । विचरा काकालाई आपत् नै परेछ गाँउको जस्तो न अग्लाअग्ला कान्ला थिए यहाँ, न त खोलसा र जङ्गल नै थिए ? पेट समाएर बुढा दौड्या–दौड्यै गरे्छन कहिले न्युरोडको गल्ली तिर जाँदा रछ्न्, कहिले पुतलिसडकतीर पुग्दा रछन् । कतै पनि एउटै अग्लो कान्लो भेटेनछन् । अब परेन फसाद् कहाँ जाने मान्छेका अगाडी बाटैमा बस्ने कुरो पनि भएन, नबसौ भने भुँडी कराएर फुटला जस्तो भइसक्यो
दौडिदाँखेरि कत्ति मान्छेलाई घचेटदै हिड्दा रछन् । एउटाले त कपालमा समाएर झण्डै पछारे छ पनि धन्न उमेरमा अलि पाको देखेर मात्रै नत्र त्यही थला पर्नेरछ । कही सिप नलागेपछि बुढाले जे पर्ला पर्ला भनेर एउटा गल्लीको भित्तामा मात्र के खोजेका थिए उताबाट एउटा जुङ्गामुठे मान्छे कराउन थालीहाल्यो । विचरा उठेर भाग्नसमेत नपाइ काकालाइृ च्वाप्प समार पछार्न थालि हालेछ । काका काला र निला भ र बोल्नै सकेनछन् एकातिर ट्वाइलेट लागेर मर्न लाग्या बेला अर्कातिर या बडेमानको जुङ्गामुठेले पिटन खोज्दा केहि उपाए नलागेपछि काकाले पाँचसय तिरेर हिडेछन् ।
कहिले पुरपुरामा हात लाउछन् कहिले पेट समाउछन् हे भगवान मलाई ट्वाइलेट देखाइदेउ भन्दै देउताको नाम जप्दा र’छन् । बल्लबल्ल तीन घण्टा पछि ‘सार्वजनिक शौचालय’ लेखेको ठाँउमा पुग्दा त्यतीखेर काकालाई स्वगृ पुगेको अनुभव भएछ । मनमनै भन्दा र’छन् काठमाडौँमा स्वर्ग भनेको शोचालय र’छ । शौचालय त पाए जब भित्र पस्न पनि अर्को घाँडो आइलाग्यो त्यो सुरूवाल पनि ये बेला गाँठो पर्नु पर्ने ट्वाइलेट लागेको तीन घण्टापछि बल्ल एउटा शौचालय पाउनु छ त्यसमा पनि यो सुरूवाल यै बेला गाँठो पर्नु पर्ने , आकास कराए जस्तो भुँडी कराएर फुटलाजस्तो भे सक्यो त्यहाँ भन्दा विजोग के होला ? जे पर्ला पर्ला भनेर सुरूवाल छि’नार बल्ल शौचालय बस्दा काकाले संसारको सबै भन्दा आनन्दको क्षण त्यै लागेछ । अजकाल पनि काका कहिले काँही रत्नपार्क गयो भने हेर बाबु स्वर्ग भनेको यै हो भनेर शौचालय देखाउछन् । त्यस दिनदेखि मेरा काका सधै बाहिर निस्कने बेला भयो कि शौचालय दौडिहाल्छन् । काकाको बानी नै बसीसक्यो अवत छुटाउन खोजे पनि छुटाउनै सकिदैन अवत ।
भोजपुर
Subscribe
Login
0 Comments
Oldest






































