साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्मको बानी !

Nepal Telecom ad

यो बानी भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ नबसुञ्जेल बसाउन गारो बसाएपछि छुटाउनै गारो ।
कसैको नाक कोट्टयाउने बानी हुन्छ कसैको औँला टोक्ने बानी । त्यस्तै मेरा एकजना काका छन् ती बुढाको बानी अचम्मको छ । जब दिनभरी कोठामा बसिरहे भने उनलाई केही हुँदैन तर बाहिर कतै जानु प¥यो कि हिड्ने बेला भएपछि शौचालय दौडीहाल्नु पर्छ । जब बाहिर जाने कपडा फेरि सक्छन् काकालाई शौचालय जानै पर्छ । काठमाडौँ पसेको तेस्रो दिनदेखि लागेको यो वानी आजसम्म छुट्न सकेको छैन ।

बास्तवमा काकाको यस्तो बानी लाग्नुको बेग्लै कथा छ । जब काका पहिलो चोटी काठमाडौँ आएका थिए एक दिन घुम्न भन्दै बाहिर निस्केछन् । जब बुढा काठमाडौँको व्यस्त बजार तिर पुगेका थिए । बुढालाई ट्वाइलेट लागेछ अब कता जाउन् बुढा ? गाउँघरबाट पहिलो चोटी आ’का जता हेर्यो घरैघर जता हेर्यो मान्छे नै मान्छे । विचरा काकालाई आपत् नै परेछ गाँउको जस्तो न अग्लाअग्ला कान्ला थिए यहाँ, न त खोलसा र जङ्गल नै थिए ? पेट समाएर बुढा दौड्या–दौड्यै गरे्छन कहिले न्युरोडको गल्ली तिर जाँदा रछ्न्, कहिले पुतलिसडकतीर पुग्दा रछन् । कतै पनि एउटै अग्लो कान्लो भेटेनछन् । अब परेन फसाद् कहाँ जाने मान्छेका अगाडी बाटैमा बस्ने कुरो पनि भएन, नबसौ भने भुँडी कराएर फुटला जस्तो भइसक्यो

दौडिदाँखेरि कत्ति मान्छेलाई घचेटदै हिड्दा रछन् । एउटाले त कपालमा समाएर झण्डै पछारे छ पनि धन्न उमेरमा अलि पाको देखेर मात्रै नत्र त्यही थला पर्नेरछ । कही सिप नलागेपछि बुढाले जे पर्ला पर्ला भनेर एउटा गल्लीको भित्तामा मात्र के खोजेका थिए उताबाट एउटा जुङ्गामुठे मान्छे कराउन थालीहाल्यो । विचरा उठेर भाग्नसमेत नपाइ काकालाइृ च्वाप्प समार पछार्न थालि हालेछ । काका काला र निला भ र बोल्नै सकेनछन् एकातिर ट्वाइलेट लागेर मर्न लाग्या बेला अर्कातिर या बडेमानको जुङ्गामुठेले पिटन खोज्दा केहि उपाए नलागेपछि काकाले पाँचसय तिरेर हिडेछन् ।

कहिले पुरपुरामा हात लाउछन् कहिले पेट समाउछन् हे भगवान मलाई ट्वाइलेट देखाइदेउ भन्दै देउताको नाम जप्दा र’छन् । बल्लबल्ल तीन घण्टा पछि ‘सार्वजनिक शौचालय’ लेखेको ठाँउमा पुग्दा त्यतीखेर काकालाई स्वगृ पुगेको अनुभव भएछ । मनमनै भन्दा र’छन् काठमाडौँमा स्वर्ग भनेको शोचालय र’छ । शौचालय त पाए जब भित्र पस्न पनि अर्को घाँडो आइलाग्यो त्यो सुरूवाल पनि ये बेला गाँठो पर्नु पर्ने ट्वाइलेट लागेको तीन घण्टापछि बल्ल एउटा शौचालय पाउनु छ त्यसमा पनि यो सुरूवाल यै बेला गाँठो पर्नु पर्ने , आकास कराए जस्तो भुँडी कराएर फुटलाजस्तो भे सक्यो त्यहाँ भन्दा विजोग के होला ? जे पर्ला पर्ला भनेर सुरूवाल छि’नार बल्ल शौचालय बस्दा काकाले संसारको सबै भन्दा आनन्दको क्षण त्यै लागेछ । अजकाल पनि काका कहिले काँही रत्नपार्क गयो भने हेर बाबु स्वर्ग भनेको यै हो भनेर शौचालय देखाउछन् । त्यस दिनदेखि मेरा काका सधै बाहिर निस्कने बेला भयो कि शौचालय दौडिहाल्छन् । काकाको बानी नै बसीसक्यो अवत छुटाउन खोजे पनि छुटाउनै सकिदैन अवत ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x