साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि पनि फेल

छोड्ने मन काँ थियो र तर पढ्ने कसो गरी क्याम्पसको इलेक्सनमा जित्न पाए सधैं भरी वर्षे दिनको कमाइमाथि खोलो पस्यो बाढी गयो प्राइमिनिष्टर हुने छोरो यसपाली नि फेलै भयो ।

Nepal Telecom ad

पढ्दा पढ्दा थाकी सकें कति पढ्नु अझै पनि !
किताब कापी च्यापी च्यापी कति धाउनु भनी
आधा उमेर जानै लाग्यो खुट्टा पनि गलिसके
म्वाइँ खाने गालाभरी दारी जुँगा ढलिसकेख ।

पाइलट् डाक्टर् हुने बेला जाबो किताब कति बोक्नु
पजेरोमा गुड्ने धोको धोत्रे बाइक कति चढ्नु
इन्जिनियर हुन्छु भन्थें अहिले पनि खेरै गयो,
सारै दुःख लाग्यो मलाई यसपाली नि फेलै भयो ।

एकाबिहान् चिया नखाइ क्याम्पस पनि सधैं धाउँथें
अरु जस्तै पाइन्ट काटी ड्याम्समाथि टिसर्ट लाउँथें
क्यान्टिनमै बसे पनि किताब कापी हुन्थ्यो हातमै
बाहिरै घुम्न गए पनि गल्फ्रेण्डलाई लान्थें साथमै ।

फिलिम हलमै भए पनि क्याम्पसको जस्तै ठान्थें
अरु बेला नहेरे नि जाँचमा चै किताब लान्थें
जतिसुकै लेखे पनि परीक्षामा गोलै आयो
बरबादै भो मेरो जीवन यसपाली नि फेलै भयो ।

भैहाल्छ कि भनेर नि चुनावमा नि उठी हिंडियो
मै हुँ भन्ने गुइँठेलाई लाठी पनि ठोकी हिंडियो
क्याम्पसका झ्यालका सिसा नफोडेको कहाँ हो र
टेबुल कुर्सी गाडी पनि नतोडेको कहाँ हो र ।

गाइड गेस किताब पनि जाँचमा त सारेकै हो
बोके जति चिट पनि फुल नम्बरकै पारेकै हो
सबै क्वैसन लेखे पनि केले मलाई छल्दै गयो
बाउआमाको जेठो छोरो यसपाली नि फेलै भयो ।

बाउसँग तलब थाप्ने बाटो पनि टुट्ने भयो
उनीसंग ला’को माया फेरि पनि छुट्ने भयो
यसपाली चै पक्कै जित्यें फेरि उसले लान्छ होला
मेरै अफ्नी जुनकीरीलाई लभ यु डार्लिङ भन्छ होला ।

छोड्ने मन काँ थियो र तर पढ्ने कसो गरी
क्याम्पसको इलेक्सनमा जित्न पाए सधैं भरी
वर्षे दिनको कमाइमाथि खोलो पस्यो बाढी गयो
प्राइमिनिष्टर हुने छोरो यसपाली नि फेलै भयो ।

०००
भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x