साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाजद्वारा बुढ्यौली कविता वाचन

बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेको सभाध्यक्षता र बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

चितवन, २०७९, पुस २३ । बुढ्यौली साहित्य समाज चितवनद्वारा बुढ्यौली कविता वाचन कार्यक्रम गरिएको छ ।

चितवन साहित्य परिषदको भवन भरतपुरमा आयोजित कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेको सभाध्यक्षता र बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

बुढ्यौली साहित्य समाज चितवनका कोषाध्यक्ष डि.आर. पोखरेलद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा महाकाव्यकार लकास पौडेल, उदय रेग्मी, कपिल अज्ञात, आख्यानकार रामहरि श्रेष्ठ, शिवराज लामिछाने, साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, महाकाव्यकार पोष्टराज पौडेल, पदमप्रसाद अर्याल, पुरूषोत्तम आचार्य, जगन्नाथ पण्डित, ईन्द्रप्रसाद पण्डित, कृष्णादेवी शर्मा, किसान प्रेमी आदिले वृद्धवृदासँग सम्बन्धित रचनाहरू वाचन गर्नुभयो ।

हेटौँडाबाट कवि सुवास खनाल, साहित्य संगमकी अध्यक्ष अनिता न्यौपाने, गायक तथा कवि पुरूषोत्तम आचार्य, सिस्नुपानी मकवानपुका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव राजकुमार लामिछाने, स्वस्तिका खनाल, संप्रस पौडेल आदि वाचनमा सहभागी हुनुभयो ।

सर्जक गोविन्द विनोदीद्वारा धन्यवाद ज्ञापन तथा प्रमुख अतिथि आर.सी. रिजाललाई दोसल्ला ओढाई सम्मान गरिएको सो कार्यक्रम बुढ्यौली साहित्य समाज चितवनका उपाध्यक्ष ईन्द्रराज पौडेलले सञ्चालन गर्नुभएको हो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x