साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रम

गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्य र अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको समापतित्व रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं । अभिनव साहित्य समाजको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा २०७९/०९/२३ गते पहिलो दिनको पूर्वस्मृति, आत्मकथा तथा संस्मरण प्रशिक्षण एवं लेखनप्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्य र अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको समापतित्व रहेको थियो । प्रशिक्षक लघुकथा समाज नेपाल प्रदेश नं. १ की अध्यक्ष ममता मृदुलको विशेष आतिथ्य रहेको थियो ।

लेखनप्रतियोगितामा भाग लिन आउनु भएका सहभागीलाई प्रशिक्षण दिने कार्य नेपाल स्रष्टा समाजका अध्यक्ष तथा लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र अभिनव साहित्य समाजका सचिव परशुराम परासरले गर्नु भएको थियो ।

प्रमुख अतिथिले महिला लेखकहरूको विशेष सहभागिता रहेको यस प्रतियोगितात्मक कार्यक्रमलाई सम्बोधन गर्दै “परिआउँदा र अवसर पाएमा महिलाहरू पुरुषसरह समाजमा योगदान गर्न सक्छन् भन्दै महिलाद्वारा लेखिएका लेखहरू प्रोत्साहनार्थ प्रकाशन गराउन न.पा.ले सहयोग गर्नेछ” भन्नुभएको थियो ।

कार्यक्रमा ७९ जना महिलाको सहभागिता थियो भने लेखन प्रतियोगितामाा ३९ जनाले भाग लिनुभएको थियो । कार्यक्रममा प्रशिक्षण, लेखनकार्य साथै मनोरञ्जनात्मक खेलहरू पनि गराइएको थियो । जसमा पानी खाने प्रतियोगिता नुवाकोटकी शारदा पराजुलीले जित्नु भएको थियो भने चिट्ठा तान्नेमा एलिसा जिरेल, केरा खाने प्रतियोगितामा सविना दोङ, हाजिरी चिट्ठामा मन्दिरा मधुश्रीले र म्युजिकल चियरमा निमा तामाङले पुरस्कार पाउनु भएको थियो । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा सहभागी हुनेहरूमा स्वस्तिका गुरुङ, सर्वानन्द सरस्वती, कविता कुमारी दाहाल, सरस्वती शर्मा, जानुका भट्टराई, मीना डाँगी, सन्ध्या गुरुङ, सुमिका श्रेष्ठ, सृजना पौडेल, कमला लामिछाने घिमिरे, शारदा पराजुली, शशिकला खड्का, अम्बिका बन्जरा, फरिन बानू, विद्याकुमारी उपाध्याय, रञ्जना पोखरेल, निमा तामाङ, विनिता अधिकारी, इश्वरी खकुरेल(त्रिपाठी), समीक्षा अधिकारी, आइसा गुरुङ, आइश्मा गुरुङ, सम्झना श्रेष्ठ, एलिसा जिरेल, रञ्जू खंगूल, राधादेवी राजवंशी, उर्मिला पन्त पाण्डेय, अश्मी श्रेष्ठ, आसना मगर, गीता बराल, अम्बिका उपाध्याय, कुसुम शर्मा, इन्दिरा श्रेष्ठ, विन्दा तिमल्सिना बराल, सपना सापकोटा, इश्वरी खत्री, रमिला खतिवडा, रमा पन्त, शान्ता आचार्य र दुर्गा फुयाल तिम्सिना हुनुहुन्थ्यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x