साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई राउत नै चाहिन्छ

Nepal Telecom ad

बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा
दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?

म त नेपालकै माया गर्ने मोरो
मलाई आस्था राउत नै चाहिन्छ
मादल ठोक्न नआए नि गिटार हान्न आउँछ
मलाई गिटार हान्न आउँछ
झ्याउरे नाच्न नजाने नि डिस्को नाच्न आउँछ
मलाई डिस्को नाच्न आउँछ
सयौँ थुंगा गाउन मलाई आउँदैन है पुरा
नभन्नुस् है कसैलाई नि यस्ता झारे कुरा
डन्डीबियो खेल खेल्न आउँदैन भन्दैमा
नेपालीमा क ख लेख्न आउँदैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?
म त नेपालकै माया गर्ने मोरो
मलाई आस्था राउतनै चाहिन्छ ।

बिदेसतिरै बसे पनि घुमफिर गर्न आउँछु
म त घुमफिर गर्न आउँछु
उतै बिहे गर्छु अनि उतै पि आर लिन्छु
म त उतै पि आर लिन्छु
युवा छउञ्जेल पराईदेशमै पसिना बगाउँछु
बुढेसकाललाई बिसाउन आफ्नै देशमा आउँछु
मेरै यादमा बुबा आमा गाउँबेशी रुँदैमा
नेपाल भन्दा कस्को देश हो भन्ने कन्फ्युज हुँदैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?
म त नेपालकै माया गर्ने मोरो
मलाई आस्था राउत नै चाहिन्छ ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x