साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई रुघा लागेको छ

Nepal Telecom ad

रुघा नलागेर तपाईंलाई के चै लाग्नु पर्थ्र्यो ?
तपाईं जस्तालाई केहि न केहि त लाग्नै पर्थ्र्यो
रमाइलो हुने लाग्न त पैसा खर्च गर्नु पर्थ्र्यो !
रुघा लागेपछि मलाई नै भेट्न आउनु पर्थ्र्यो?

तपाईं जत्तिकालाई रुघाले पनि किन छोड्थ्यो ?
रुघा सर्छ, थाहा छ नि ? हात किन मिलाउन पर्थ्र्यो ?
त्यत्ति भन्न उत्ति परबाट मेरो यत्ति नजिक आउन पर्थ्र्यो ?
थाहा रहेछ त बेला बेला नाक त पुछनु पर्थ्र्यो ?

फोकटमा लाग्ने कुरा तपाईं किन छोड्नु हुन्थ्यो ?
रुघा नलाग्न त तातो खाएर न्यानो लगाउनु पर्थ्र्यो 
त्यत्ति गरेको भए यो रुघा सार्दै हिँड्नु पर्थ्र्यो ?
कमसे कम मुखमा मास्क त लगाउनु पर्थ्र्यो ।

रुघा लाग्यो रे ! मलाई किन ? यो कुरा डाक्टरलाई भन्नु पर्थ्र्यो !
यत्रो समाचार रहेछ, के सरकारले बिदा दिनु पर्थ्र्यो ?!
अझै धेरैलाई थाहा दिन, रेडियोबाटै फुकाउनु पर्थ्र्यो
कुनै नेतालाई सुनाएको भए सायद नेपाल बन्द पर्थ्र्यो ।

रुघा लाग्यो रे ! धाक लगाएको कि दुख पोखेको ?
गुहार मागेको हो भने थाहा छ कसैले कसैको रुघा रोकेको ?
बधाई दिउँ कि समवेदना दिउँ, कि के मागेको ?
जानोस् न जानोस् पर जानोस, किन नजिक नजिक आएको ?

मैले भनेर हुने भए तपाईंलाई त इबोला लाग्नु पर्थ्र्यो 
अनि तपाईंले मेरा सबै शत्रुसँग हात मिलाउनु पर्थ्र्यो 
त्यत्ति भए तपाईंलाई र मलाई पनि सन्चो हुन्थ्यो
तपाईं जस्तालाई पनि रुघा लाग्नु हुन्थ्यो ?!
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x