साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्वाँख

Nepal Telecom ad

पलाएपछि
शरीरमा दुई जोडी प्वाँख
एकाएक
बिर्सिन्छ उसले
आफ्नो अतीतलाई
आफ्नो आधारलाई
आफ्नो जिउलाई
जीवनभरिको अनुभव र आस्थालाई
सम्पूर्णमा आफैंलाई
अनि
उड्न थाल्छ वेगिलो बताससित
दिशाहीन
चेतनाहीन
फुक्काफाल
जसले जिन्दगी बिताएको थियो हिँडेरै
छओटा खुट्टाका भरमा
कायम गरेको थियो सन्तुलन सधैं
जम्मÞा गरेको थियो
प्वालमै रसदपानी
जब अकासिन्छ ऊ
अरुले सुर्याइदिएको भरमा
देख्छ आफू माथि पुगेको
ठान्छ आफू अग्लिएको
मान्छ आफू धर्तीबाट बेग्लिएको
सुइंकिन्छ कुन सड्को
हुइइइय चलेको हुरीसित
फेरि
सैसैला खेल्दै बतासिन्छ
कालो बादलसित
तर
जब बर्सिन थाल्छन्
बादलबाट
पानीका मिहिन थोपाहरू
सिर्जनाका
तब भिज्न थाल्छन्
बिस्तारै बिस्तारै
पखेटाहरू महत्त्वाकाङ्क्षाका
खस्छ ऊ माटोमा
ढुनुमुनिंदै
सहाराहीन भएर
आखिर
पलाइछाड्ने रहेछन्
आयु सिद्धिंदै जाँदा
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x