साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टिदोष

Nepal Telecom ad

सोधे खोजे बटुवाले सिधैसँग भनेँ मैले
उनका टेढा कुरा सुन्दा टेढै गरि भने मैले ।

तँ को ? भनी सोधे मलाई “कर्मचारी” भनिदिएँ
“घुस्याहा हौ” भने उनले “हो नोकरी” भनेँ मैले ।

के के गर्छस् भनी सोधे, “लेख्छु पनि“ भनिदिएँ
“समाज भाँडा” भने उनले, “घरिघरि !” भनेँ मैले ।

पेशा के हो सोध्दा उनले, ओभरसियर भनिदिएँ
“अलकत्रे” भने, रिसले “भँुडीभरी !” भनिदिएँ

जात के हो ? फेरि सोधे, “बाहुन परेँ’ भनिदिएँ
“सामन्ती हौ” भने मलाई, “भुत्रैसरी” भनेँ मैले ।

कामधाम सोधे उनले “एन्जीओमा” भनिदिएँ
“खुब उचाल्छौ“ भने उनले “आई–एम–सरी” भनेँ मैले

जताततै उल्टो देख्छौ रोगी छौ कि ? भनिदिए
“फुलो प¥यो होला तिम्रा आँखै भरी” भनेँ मैले ।
२०७१ पौष
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x