सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाङ्गा उखान

Nepal Telecom ad

१. एक शेरले गजल बन्दैन
२. कच्चा गजल यात्रा हाँडी गाउँको जात्रा
३. गजल लेख्दै गईन्छ कमेन्ट आउँदै जान्छ
४. आफ्नै गजलमा आफ्नै कमेन्ट
५. साहित्य नबुझ्नेलाई गजल न मुक्तक
६. लाइक गर्नेलाई फ्रेन्डलिस्ट नत्र ब्ल्याक लिस्ट
७. तेत्रा तेत्रा गजल त लेखियो जाबो मुक्तक
८. गजल लेख्नेलाई रदिफले रोक्दैन
९. जहाँ धोका त्यहाँ गजल
१०. गजल काटी मुक्तक
११. काफिया हेरी गजÞल कोर्नु
१२. गीत सम्पादन गरेर गजÞल बन्दैन
१३. गजल चोरलाई कैले सान्ति मिल्दैन
१४. जसले लेख्छ छोटो उसकै हुन्छ मिठो
१५. के खोज्छस् गजलकार ? काफिया
१६. कविले गजल हेर्या जस्तो
१७. रात भरि गजल लेखियो, मुक्तकमा टुङ्ग्याइयो
१८. रदिफ सोच्दा गजल फुर्यो
१९. पोस्ट नगरौँ त मिट्ठो गजल, पोस्ट गरौ त ब्रेकप हुने डर
२०. एक्लो गजलकार उल्लु
२१. गजÞलको शेर विधा न काव्य
२२. गजल लेख्नेलाई पो कफियाको डर, फजल लेख्नेलाइ के को डर
२३. कवि गोष्ठीमा गजÞलकार
२४. आउँदैन भन्छ कुनै अक्षर, लेख्न थाले गजÞलका शेर
२५. फजलकार देखेर गजलकार डराउँछ
२६. बाह्र बर्षमा गजल लेखियो, धेरैतिर गल्ति देखियो
२७. दुई दिन गजÞल लेखिन साथी कोही देखिन
२८. मतलामा राम राम मकतामा रावण
२९. हिजो गजलकार मानेन, आज लेख्न जानेन, प्रतियोगिता भोलि छ बल्ल मुटु पोलिछ
३०. नम्बरी गजललाई ट्याग गर्न पर्दैन
३१. लेख्न जान्दैन काफिया दोष
३२. जुन शेर पढे पनि रदिफ यौटै
३३. ताल परे गजल नत्र मुक्तक
३४. आजको गजलकार भोलिको जोगी
३५. गजल लेख्ने म पोस्ट गर्ने तँ
३६. गजल नलेखी व्यवहार देखिन्न
३७. मिसरा मिसरा मिलेर गजल बन्छ
३८. बरिष्ठको गजल र खेलको पज्जल बुझ्नै गाह्रो
३९. राम्रो गजलको मतला नै मिठो
४० काफिया भए गजल कत्ति कत्ति
नलाङ– ७, बैरेनी धादिङ
हाल– भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad