साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डायरी

Nepal Telecom ad

डायरीमा
रासनपानीको हरहिसाब छैन
पानी–बिजुलीको भुक्तानी बेहोरा छैन
घरखर्चको नालीबेली छैन
लेखिएको छैन नून–तेलको बजारभाउ
यो कुनै गृहिणीको डायरी होइन ।
डायरीमा
साहू–ब्याज विवरण छैन
आम्दानी–खर्चको लेखाजोखा छैन
त्यो गाउँको ठेगाना छैन–
जहाँ फर्किने आशमा
जीवनले पखेटा फडफडाउँछ बिरानो शहरमा
यो कुनै परदेशीको डायरी होइन ।
डायरीमा
नयाँ सिर्जनाको खेस्रा छैन
लेख–रचनाको न्युज कटिङ छैन ।
लेखिएको छैन सम्पादकलाई
गुमनाम हुने सम्भावना बोकेको एउटा चिठी
यो कुनै लेखकको डायरी होइन ।
डायरीमा
शुभलाभको चित्र छैन
मूल्यसूचीको फेहरिस्त छैन
नाफा–घाटाको लामो वर्णन छैन ।
छैन नगद–उधारोको उल्लेख
यो कुनै साहू–व्यापारीको डायरी होइन ।
डायरीमा
सेठ–महाजनको फोन नम्बर छैन
पेशेवर गुण्डा–दलालको नाम–ठेगाना छैन
अपहरण–फिरौतीको योजना छैन
हडताल–दङ्गाफसादको ग्र्यान्ड डिजाइन पनि छैन
यो कुनै नेताको डायरी होइन ।
डायरीमा त
मायालुको पुरानो तस्बिर छ
चेपिएर सुकेको रातो गुलाब छ ।
प्रेमको चिह्न छ
केही रुमानी गीत–गजल कोरिएका छन्
र, छ पट्ट्याएर राखिएको
एउटा प्रेमपत्र ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x