साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निक्कै जाडो छ !

पाइपमा हिउँझैँ ठिहिरिँदै छ हृदयमा आक्रोश अडिएको छ समय निस्तेज । यस जाडोमा एउटा तानाशाहका निरङ्कुश ओठमा फुलिरहेको छ कुटिल मुस्कान ।

Nepal Telecom ad

निक्कै जाडो छ
माइनस डिग्रीमा चिसिएका छन् सब ।
जुलुस हिँड्ने खुट्टा जुत्ताभित्रै निदाएका छन्
विरोधमा उठ्ने हात खल्तीमा घुस्रिएका छन्
छोपिएका छन् मफलरले
नारा चिच्याउनुपर्ने मुख ।

निक्कै जाडो छ
मस्तिष्कको न्युरोन गल्लीमा सिरेटो चलेको छ
मनको पोखरीमा विचारको प्रवाह थुनिएको छ
मुटुभरि विश्वास कठ्यांग्रिएको छ
थला परेका छन्
उमङ्ग, जोश र जाँगर ।

असाध्यै जाडो छ
जाडोले थुनिएको छ चेतनाको कान
जाडोले डम्म ढाकिदिएको छ विवेकको आँखा
जाडोमा मौन छ शब्दको खलबल ।
अन्योलको हुस्सु व्यप्त छ सबथोकमाथि
निष्क्रियताको हिउँमा पुरिएको छ मनको प्रदेश
उजाड उभिएका छन् आशाका बोटहरू
शान्त छ प्रतिरोधको स्वर ।

निक्कै जाडो छ
झोक्रिएको छ रिसको आवेग
धारामा पानीझैँ चिसो बग्दैछ रगत नसा-नसामा
पाइपमा हिउँझैँ ठिहिरिँदै छ हृदयमा आक्रोश
अडिएको छ समय निस्तेज ।

यस जाडोमा
एउटा तानाशाहका निरङ्कुश ओठमा
फुलिरहेको छ कुटिल मुस्कान ।

०००
गोरखा, हाल धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x