सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देश, हड्डी र कुकुरहरू

यस कुरूप समयमा देखिन्छ यो देश भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा हड्डीको एउटा टुक्रो जस्तै !

Nepal Telecom ad

आतङ्कको एउटा डल्लो घाम
शिरहरूमाथि चर्को चर्किन्छ
गल्लीतिर हिंस्रक आकृतिहरू देखापर्छन्
कानहरूमा कर्कश भुकाइ ठोक्किइरहन्छ
ओइलाउँछ नयाँ बिहानको स्वागतमा
फुलेका कलिला कोपिलाहरू ।

दिलदिमागमा त्रासका किटाणु उड्छन्
र, फैलिन्छन्
रूखहरूमा चराचुरुङ्गीको चिरबिर बिथोलिन्छ
खेलिरहेका बच्चाहरू तर्सिन्छन्
तीखा तीखा दाँतहरू देखाउँदै
एकआपसमा लुछाचुँडी गरिरहन्छन्
चम्काउँदै रौद्र आँखाहरू
चपाइरहन्छन् परेवाका पखेटाहरू ।

यस कुरूप समयमा
देखिन्छ यो देश
भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा
हड्डीको एउटा टुक्रो जस्तै !

(कवि गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ भरखरै लोकार्पण भएको छ ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही