फित्काैली डटकमठट्याैली :: बेञ्चको ड्युटी
एक ब्यारेकमा नयाँ अधिकृत पोस्टिङ् भएर आए !
ब्यारेक वरिपरि ड्युटी पोस्ट चेक गर्ने क्रममा एकजना सिपाही एउटा बेञ्चको ड्युटी गरिरहेको देखे !
यो देखेर नंयाँ अधिकृतले सिपाहीलाई सोधे- तिमी यो बेञ्चको ड्युटी किन गरिरहेका छौ ?
सिपाहीले भन्यो- मलाई थाहा छैन सर ! तर तपाईं आउनुभन्दा अगाडिको हाकिम’सावले यस बेञ्चको ड्युटी गर्नु भनेर भनेका थिए ! सायद यो यस ब्यारेकको परम्परा नै हुनसक्छ ! किन कि सिफ्ट नै चेन्ज गरिगरी २४ सै घण्टा हामी यो बेञ्चलाई ड्युटी गरिरहेका छौँ !
पहिलेका अधिकृतलाई बर्तमान अधिकृतले फाेन गरे र यस विशेष बेञ्चको ड्युटी बारे सोधे-
पहिलेको अधिकृतले भने- मलाई थाहा भएन, तर मभन्दा अगाडि पनि यस बेञ्चको ड्युटी गर्ने गर्थे त्यहि भएर मैले यस बेञ्चको निरन्तर ड्युटी गर्ने आदेश दिएँ !
नयाँ अधिकृत हैरान भए ! उनले उनी भन्दा २/४ पटक त्यस ब्यारेकमा काम गरिसकेका अधिकृतलाई फाेन गरेर सोधेः उनीहरूले पनि पहिला फाेन गरि सोधेका अधिकृतले बताए बमोजिम नै उत्तर दिए !
नयाँ अधिकृत यसैगरी बिगतका अधिकृतहरूलाई फाेन गर्दै सोध्ने काम जारी राखे ! अन्तिममा एक रिटायर्ड अधिकृतसँग कुरा भयो, उसको उमेर एक सय बर्षको थियो !
नंयाँ अधिकृतले उसलाई फाेनमा भनेः तपाईंलाई डिस्टर्भ गरे यसको लागि माफ गर्नुहोस् सर ! म ब्यारेकको नयाँ अधिकृत हुँ ! जुन तपाईंले ६० बर्ष अगाडि अधिकृत भएर बस्नुहुथ्यो ! मैले यहाँ एक सिपाहीले एउटा बेञ्चको ड्युटी गरेको देखेँ, तपाईं मलाई यस बेञ्चको बारेमा केही जानकारी दिन सक्नुहुन्छ सर ! ता कि यस बेञ्चको ड्युटी दिन किन जरुरी छ !
पुराना रिटायर्ड अधिकृतले आश्चर्यजनक स्वरमा भने- के ? त्यो बेञ्चमा लगाएको कलर पेन्ट अझै सुकेको छैन ?
Subscribe
Login
0 Comments
Oldest











































