साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरण्य- रोदन

गुमे सत्ता गर्ज्यो तर जब मिल्यो ‘त्वम् शरण’मा कठै हाम्रा नेता ’धनुष’ सरि झुक्छन् चरणमा।

Nepal Telecom ad

फुटेका हामी छौँ गृहकलहमा भासिन पुगी
छिमेकी बोलायौँ छलफल गरायौँ जब झुकी ।
उसैको आज्ञाका वरपर घुम्यो शासन गऱ्यो
गुहार्दा हामीले वर वर सिमानातिर सऱ्यो ।।

गुमे सत्ता गर्ज्यो तर जब मिल्यो ‘त्वम् शरण’मा
कठै हाम्रा नेता ’धनुष’ सरि झुक्छन् चरणमा।
भने होलान् मेरो पदतिर परोस् दृष्टि असल
गरे होलान् बिन्ती हजुर सब लानोस् वन, जल ।।

हुँदा नेता, मन्त्री सब चुप भए वा पछि सरे
रमे किर्नाजस्तै मुलुक जिउमा शोषण गरे ।
सबै बुझ्छन् सीमातिर छ गहिरो सङ्कट भनी
छिमेकीले हेप्दा टुलुटुलु नियाल्ने ऋषि बनी ।।

दुख्यो हाम्रो सुस्ता कति दिन दुख्यो कञ्चनपुर
दुख्यो कालापानी लिपु पनि दुख्यो लक्ष्मणपुर ।
धुलो, माटो दुख्दा हृदय चुँडिने व्यक्ति नहुने
ठुलो दुख्दा सानो विचलित भई को छ र रुने ?

पुजारी हत्यारा, पथतिर बसे खाडल खनी
भए पापी मन्त्री, अविजित, ठुला शासक बनी ।
मुसा लाखौँ खाई विगत दिनको हिंस्रक अति
बिरालो के लिन्थ्यो परहित हुने धार्मिक मति ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x