साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुला मान्छे

यो देश बनाउने योजना अनुरुप कर्म गरेर जनतालाई राहत कसरी पुर्‍याउलान् ? बिचरा ! यस्तो गल्ती गर्न त सुहाउन पनि पर्‍यो नि ठुला मान्छेलाई !

Nepal Telecom ad

ओहो कति ठुला मान्छे ! यति ठुला मान्छे ! जिन्दगीमा पहिलोचोटि देख्या मैले त ! जता हेर्‍यो ठुला मान्छे ! दायाँबायाँ जता फक्र्यो उतै ठुला । हाम्राँ त देश मात्र सानो ! मान्छे सबै ठुला धेरै ठुला ! विकास हुन नभ्याएको ! ठुला मान्छेको भीड बढेर हो नि । म पनि ठुलो सम्धी पनि ठुलो, ठुलाले काम गर्ने कुरो आएन । सानाले हो काम गर्ने । साना मान्छे थोरै छन् । मान्छे थोरै ! फेरि पहुँँच पनि त पुग्दैन सानाको ! हेरौं न राजधानीमा कति कतिविधि ठुला मान्छे ? हेरौं हेरौं आँखा उघारेर हेरौं, कत्रो हो त्यो भुँडी पनि ! भुँडी हेरेपछि पो थाहा हुनेरहेछ मान्छे ठुलो भनेर । जिउले त उसकै टाउको लुकाइदिने रहेछ । भुँडीकै छायाले खुट्टा देख्नै मुस्किल ! हात त झन् सिन्किएका ।

जन्मेको कति दिनपछि राजधानी छिरेको मान्छे म । यहाँ त मान्छे कत्रा कत्रा अनुमानै लाउन गाह्रो । साना मान्छेले होरहेछ पटुका बाँधेर भुँडी खुम्च्याउने ! ठुला मान्छेले त सात सय त्रिपन्न किलो अटाउने गरी तन्काउनुपर्ने रहेछ ! त्यो भुँडी बोकेपछि टाउकोले काम नगर्ने रहेछ । खुट्टा चलाउन पनि आवश्यक नहुने । हातले बाँझो खन्ने कुरा त झन् सपनामा पनि सोच्न नपाइने रहेछ । यतिका ठुला मान्छे यत्तिकै ठुला भा’होइन रहेछन् । उनीहरूका त आँखा पनि कहाँ छन् कहाँ ? त्यही निधारमुनि नाकको वरिपरि हो कि अन्त कतै सरेका छन् ? पत्तै नहुने रहेछ बाइ । त्यही भएर पो होरहेछ ठुला मान्छेको नजरले साना मान्छे नदेख्ने ! विचार गरिल्याउँदा त ‘भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता पो सम्झेँ झल्याँस्स भएँ । कविताले कतै मेरै टाउको ताकेको त हैन ? झन्डै खुत्रुकै भा‘ अलिकति होसमा आएर आफू संहालिएँ र फर्केंर त्यतै हेरेँ ठुला मान्छेतिर ।

मलाई किन हेरिरा‘होला भनेर पिर मान्लान् कि ! मनाँ डर पनि लाउने क्या ! जोगिँदै जुल्क्याएर हेर्दै गएँ । त्यत्रो भुँडी कसरी बना‘होलान् भन्ने लागिरह्यो । भुँडीवालाले भुँइ नदेखेर परपर टेक्दा रहेछन् । अलिक थाहा पाएकाले त आपैm तर्केर ज्यान जोगाउँदा रहेछन् । थाहा नहुने त झ्याप्पै पैतालामुनि पुग्ने रहेछन् । एकपटक गाउँतिर डुल्दै गर्दा कतिका कुखुरा मारेछन् । पछिपछि हिँड्ने निजी सचिवलाई क्षतिपूर्ति बुझाउँदै हैरान ! यी भुँडीवालाहरू मेचमा बसेपछि त त्यही मात्र देख्छन् रे ! मेचमा बस्न पा‘छैन धमाधम परिकार आउन थालिहाल्ने ! खरुखरु आउने । ठुला मान्छे हिसाबकिताबमै व्यस्त । फुर्सद मिलाई मिलाई हैछ खाने त । साना मान्छे त उनीहरूका अगाडि केही न केही । गजब नि राजधानीमा बस्ने मान्छे त ठयाक्कै हिडिम्बा र घटोत्कचलाई पछि पार्दै कुम्भकणर्को असेट मेटाउने रहेछन् !

ठुला मान्छेको उच्च बिगबिगी त हामीकहाँ हो नि ! विदेशमा त जो जुन ठाउँमा छ त्यसले त्यही ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने चलन रहेछ । पद जसको जे भए पनि पदअनुसार काम हुनुपर्ने रहेछ । नगरे जेल जाने, जानैपर्ने रहेछ । काम गर्ने कि पद छाड्ने ?

काम नगरी पदमा बसेर मोटाउन नमिल्ने रे त्यहाँको चलन ! छलछाम गरेर पदमै विलासिने ? सम्भवै छैन सिधै जेलमा । ठगलाई त विनाहिचकिच जेल हालिनेरहेछ । त्यहाँ त सबै जनता मान्छे सबै मानछे जनता । हामीकहाँ भैंm जे गरे नि हाम्रै जति मोटाए नि राम्रै मान्ने नबिउँझेका मान्छेको सुरक्षाकवच पाएपछि त ठुला मान्छेलाई कस्तो हाइसन्च ! हेरौं त ठुला मान्छेको सहकाल कति छ हामीकहाँ ! यी ठुला मान्छे त देश जनता भन्दा माथि पुगेका पदासीन ठुला ! उनीहरूले काम गरे, समयको पालना गरे, अनुशासन माने, कानुनीराज चलाएर जनताले राहत पाए, अनियमित गर्ने अपराधी दण्डित भए भने त ठुला मान्छेको नाकमै झिँगा बस्ने रहेछ । उनी जनताको भोको पेट देख्न र आङ नाङ्गो देख्न त जानेकै छैनन् रे ! यी ठुला मान्छे त नीतिनियम भत्काएर विलासमा बाँधिएका रहेछन् । यी भुँडीले खुम्च्याएका आँखाले पर भुइँसम्म देखेर झोपडीमा बत्ती बल्यो भने त भुँडी पड्किने खत्रा पो हुन्छ रे त !

उसै त बाठो प्राणी हो मान्छे ! अझ ठुला मान्छे ? हो नि त हौं ! ठुला मान्छेले देखेजानेर थाहा पाउने विषय भनेको त श्रीमतीको मागपत्र हो । छोराछोरीको शिक्षादीक्षा बाटाखर्चको जोहो उनीहरूको वनभोज उद्घाटन रहेछ । यसबाट फुसर्द मिलेमा ससुराली सम्झिनुपर्‍यो । अलिकति समय बचाएर बाआमा, दाजुभाइ भेट्ने होला ! सम्झँदा पिर पर्छ होला मनभरि । कतै छिमेकीको नाम बिर्सिइने हो कि ? यस्तै त्रास ! बाआमालाई आस लाग्छ छोरो पदमा बसी बसी मोटाएको देखेर । दिदीबहिनीले दुःख देखाउँछन् । सालासाली जेठानी दिदीहरूको सल्लाह मान्नैपर्ने हुन्छ । यतिविघ्न व्यस्त ठुला मान्छेले यो देश बनाउने योजना अनुरुप कर्म गरेर जनतालाई राहत कसरी पुर्‍याउलान् ? बिचरा ! यस्तो गल्ती गर्न त सुहाउन पनि पर्‍यो नि ठुला मान्छेलाई !

हँ, के भा यो ! यी पसिनाले बाँचेका मान्छेहरू कुरा बुझ्दैनन कि बुझपचाउँछन् कुन्नि ? ठुला मान्छेका पछि पछि उफ्रन्छन् र असल मान्छेको आचरण माग्छन् । कस्तो त यी श्रमको मोल माग्नेहरूको सुद्धी पनि ! खोलाँ हराएर झोलाँ खोज्ने ? अस्तु

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x