साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र तैँले के नापिस् ?

आफ्नै गुटगिरोहको दल बनाइस् आफ्नै आसेपासेका महल ठडाइस् कतै भट्टी त कतै रिसोर्ट खुलाइस् गणतन्त्र तँ आएर अरू के नापिस् ?

Nepal Telecom ad

सिद्धान्त विचारहरू सब हापिस्
आफ्नै जहानको फोटो छापिस्
संघीयताले नेता भतुवा बनाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

आफ्नै गुटगिरोहको दल बनाइस्
आफ्नै आसेपासेका महल ठडाइस्
कतै भट्टी त कतै रिसोर्ट खुलाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

कर्मी मौरी जति बाहिर पठाइस्
माखा भ्यागुताहरू जम्मा गराइस्
जात जातिहरू बीच खुब लडाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

अनेक अनेक पदका पंक्ति बढाइस्
ऋणमाथि ऋणको थुप्रो चढाइस्
महँगा महँगा थुप्रै गाडी किनाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

भोग विलासमा वर्तमान नारिस्
स्वणर्िम भविष्य अन्धकार पारिस्
दुःखदर्दबाट यहाँ कल्लाई तारिस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

मन्त्रीकी श्रीमतीलाई सुन किनाइस्
उनका बाबुआमालाई ऊन किनाइस्
त्योभन्दा अरू कहाँ को चिनाइस्
गणतन्त्र तँ आएर अरू के नापिस् ?

राजतन्त्र हटाइस् रजौटा पालिस्
शानमान खोज्दै कुकृत्य थालिस्
विदेशी प्रभुवानको गर्दै मालिस्
गणतन्त्र तँ आएर अरू के नापिस् ।

द्रष्टव्य : टेकबहादुर थापाका नाममा रहेका कविताको शीर्षकीय मुख्यांशलाई आधार बनाएर समस्यापूर्तिको शैलीमा रचिएको अनुकरणात्मक कविता ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x