साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र गोठालो

Nepal Telecom ad

नेता र गोठालो
दुष्यन्तकुमार 

गोठालाहरू धेरै सुखी छन् ।
न उनीहरू ठूला दाबी गर्छन् {{read_more}}
न तिनलाई लिएर 
एकअर्कालाई सराप्छन् या लडछन् मर्छन् ।
जबकि
जनताको सेवाको भोको
सबै दल ब्वाँसो झैँ झम्टिन्छन्
यस्ता यस्ता कुरा 
र यस्ता यस्ता शब्द अगाडि राख्दछन्
जस्तो कि केही भएकै छैन
र सबै भइहाल्ने छ ।
जबकि 
सबै दल
पानीझैँ पैसा बगाउँछन् ।

गोठालाहरू डिलमा बसेर मुस्कुराउँछन्
… भेडाहरूलाई खोरमा हुल्नको लागि
न सभाहरूको आयोजन गर्छन्
न रैलीहरूको,
न घाँटी किन्छन्, न हत्केलाहरू
न शीत र घामले डढेका अनुहारहरूमा 
आश्वासनका सूर्य उमार्छन्
स्वेच्छाले
जहाँ चाहन्छन्, उतै
हाँकेर लान्छन् भेडाहरूलाई ।
गोठालाहरू धेरै सुखी छन् ।

हिन्दीबाट अनु : चन्द्र गुरूङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x